प्रज्वल पहाडी | साउन १३, प्यूठान । आईतबार रातीदेखि परेको अबिरल बर्षा पछि आएको भिषण बाढी र पहिरोबाट प्यूठानमा अहिले सम्म ३८ जनाको मृत्यु भएको छ भने थप ६ जना अझै व्यपत्ता रहेका छन् । बुधवार साँझसम्म जिल्लाका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पहाडी | साउन १३, प्यूठान । आईतबार रातीदेखि परेको अबिरल बर्षा पछि आएको भिषण बाढी र पहिरोबाट प्यूठानमा अहिले सम्म ३८ जनाको मृत्यु भएको छ भने थप ६ जना अझै व्यपत्ता रहेका छन् । बुधवार साँझसम्म जिल्लाका "/>
२०८२, १५ फाल्गुन शुक्रबार
प्युठान - PTN

प्यूठानमा बाढी पहिरोबाट ३८ को मृत्यु, अझै ६ जना बेपत्ता, खोजी कार्य जारी

२०७३, १३ श्रावण बिहीबार ०४:३६

प्रज्वल पहाडी | साउन १३, प्यूठान । आईतबार रातीदेखि परेको अबिरल बर्षा पछि आएको भिषण बाढी र पहिरोबाट प्यूठानमा अहिले सम्म ३८ जनाको मृत्यु भएको छ भने थप ६ जना अझै व्यपत्ता रहेका छन् । बुधवार साँझसम्म जिल्लाका ६ गाविसमा गरी ३८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले पुष्टि गरेको छ ।

जिल्लाको दुर्गम गाविस फोप्लीमा सवैभन्दा धेरै २४ जनाको बाढी पहिरोवाट मृत्यु भएको छ । त्यस्तै अर्खामा ३, माझकोट ३, खवाङ–३, पूँजा २ र लुङमा १ जनाको मृत्यु भएको जिल्ला दैवी प्रकोप उद्दार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी जनकरात पन्तले जानकारी दिए । पहिरोले पुरिएर बुधवार राति फोप्ली–६ का स्थानीय एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर केसीको समेत मृत्यु भएको प्रहरीले जनाएको छ । तर फोप्लीमा पहिरोमा परि मृत्यु हुने सबैको यो खबर तयार पार्दा सम्म पोष्टमार्टव हुन नसकेको भन्दै आफन्तले गुनासो गरेका छन् । गाउँका झण्डै २ सय घरपरिवार विस्थापित भएको फोप्ली गाविस सामाजिक परिचालक यूवराज भण्डारीले जानकारी दिए । पहिरोबाट विस्थापित गाउँलेहरु स्थानीय गाउँकै नेरा प्राविको प्र्रांङगणमा आश्रय लिएर बसेको उनले जानकारी गराए । त्यस्तै, पहिरोमा पुरिएर बेपत्ता भएका ६ जना अझैसम्म फेलापर्न सकेका छैनन् । फोप्लीमा २ जना, लुङमा ३ जना र खवाङमा १ जना बेपत्ता रहेको प्रहरी नायव उपरिक्षक रंजितसिंह राठौँरले जानकारी दिए । बेपत्ताहरुको खोजीकार्य जारी रहेको प्रहरी प्रमुख राठौँरले बताए ।

मृतकको नाम यसप्रकार छन् 

क्र.सं.     नाम           गाविस÷वार्ड नं.     उमेर

नन्दी पुन मगर   फोप्ली–३       ७२

दोवन्ती पुनमगर   फोप्ली–३        ९

३. टुककली पुनमगर    फोप्ली–३        ७

४. रछानी पुमगर          फोप्ली–३        १७

५. तेजे पुन          फोप्ली–३        ४५

६. खस्सी पुन          फोप्ली–३        ४५

७. मने पुन          फोप्ली–३        ५०

८. शेरे पुन          फोप्ली–३         ७

९. कुमारी पुन          फोप्ली–३         १९

१० चेतीना पुन           फोप्ली–३   ३६

११. प्रकृति पुन           फोप्ली–५   ४

१२. सागर पुन           फोप्ली–५    १

१३. रामे घर्ति           फोप्ली–४    ५

१४. नोखी बैजालीमगर        फोप्ली–४    १

१५. भुपे पुन           फोप्ली–३   ५०

१६. धने पुन           फोप्ली–३   १६

१७. लिला पुन           फोप्ली–३   १६

१८. हरी बहादुर के.सी.     फोप्ली–३   ६५

१९. विन्दु के.सी.           फोप्ली–६   ५०

२०. नारायण के.सी.     फोप्ली–६   ५०

२१. दोर्णबहादुर केसी     फोप्ली–६   ७५

२२. पवित्रा केसी           फोप्ली–६   ७०

२३. जागेश्वर बुढाथोकी     फोप्ली–६   ६०

२४. पिमा बुढाथोकी     फोप्ली–६   ५५

२५. देवबहादुर बुढा     अर्खा–६         ५२

२६. हिमाल बुढा           अर्खा–६         ११

२७. जबुना बुढा           अर्खा–६          १३

२८. जाली पुन          माझकोट–६  ४१

२९. दिलमाया केसी    खवाङ–७ –       २५

३०. दविले सुनार          खवाङ–३        ८०

३१. डिके सुनार          खवाङ–३        १६

३२. सुपारी मल्ल          पुँजा–१ –      २३

३३. मुकेश मल्ल          पुँजा–१ –      ३४

३४. शिवबहादुर सुनार    लुङ–६ –      ३२

३५.  पहिचान नखुलेको पुरुष   (माझकोट)

३६.  पहिचान नखुलेको महिला   (माझकोट)


बेपत्ताको नाम यसप्रकार छ

क्र.सं नामथर          ठेगाना         उमेर

१. केमली पुन          फोप्ली–३          ३५

२. थमी पुन          फोप्ली–३          ७

३. शोभा रिजाल           लुङ–३          ३५

४. काली परियार            लुङ–३          २५

५. किरण थापा            लुङ–३          ११

६. कुटुरी सुनार           खवाङ–३          ८०


यता पूर्व गृहमन्त्री एवं प्यूठान क्षेत्र नम्वर १ का सांसद् बामदेव गौतमको अध्यक्षतामा १४ सदस्यीय सहयोग संकलन समिति गठन गरिएको छ । ‘समिति मार्फत प्रधानमन्त्रीलाई भेट गरी यथाशक्य सहयोगका लागि ज्ञापन पत्र बुझाएका छौँ’,टोलिमा सहभागी नेकपा एमालेका केन्द्रीय सदस्य एवं बांगेमरोठ प्यूठान निवासी सूर्य थापाले भने,‘पीडितहरुलाई राहत, पूनःस्थापना र उद्धारमा सहयोग गर्न सवैलाई आग्रह गर्छौ ।’ सहयोगका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेड विजुवार प्यूठान शाखामा ‘राहत, उद्दार पूनःस्थापना कोष’ स्थापना गरिएको उनले जानकारी दिए । खातामा सांसद् गौतमले ५० हजार र जिल्लाका अन्य पाँच जना सांसद्हरु हिरा बहादुर के.सी, धन बहादुर रायमाझी, रेखा शर्मा, दुर्गा पौडेल, पुनाराम थापाले २०र२० हजार रुपैयाँ सहयोग जम्मा गरिसकेको थापाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा