२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

६० किसान मिलेर डेरी सञ्चालन

२ आश्विन २०७७, शुक्रबार ०३:०४

असोज २, म्याग्दी | म्याग्दीको एउटा गाउँका ६० किसानले बजारमा दुग्ध सहकारी संस्था तथा डेरी सञ्चालन गरेका छन् । बिचौलियाहरुले किसानबाट सस्तोमा खरिद गरेर उपभोक्तालाई महङ्गोमा बिक्री गरी बजारमा एकाधिकार कायम गरेको समयमा बेनी नगरपालिका–४ बास्कुनाका ६० पशुपालक कृषकले डेरी सञ्चालन गरी उपभोक्तालाई सुपथ मूल्यमा दुग्धजन्य पदार्थ बिक्री गर्न थालेका हुन् ।

बेनपा–७, बैंकरोडमा बास्कुना कृषि पशुपक्षी दुग्ध सहकारीद्वारा सञ्चालित डेरीको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विनोद केसीले उपभोक्तालाई सस्तो र गुणस्तरीय सेवा दिने गरी डेरी सञ्चालन गर्नुपर्ने बताउनुभयो । बेनपा–४ का वडाध्यक्ष गोविन्दप्रसाद पौडेलले वडाभित्रका किसानले कृषि र पशुपालनबाट मनग्य आम्दानी गरेको बताउँदै अनुदान र सहुलियतमा पहुँचभन्दा आवश्यकताका आधारमा वितरण गर्नुपर्नेमा जोड दिनुभयो । 

भेटेरिनरी अस्पताल एवं पशुसेवा विज्ञ केन्द्रका प्रमुख नारायण कुसुम र कृषि ज्ञान केन्द्रका प्रमुख गोविन्द कोइरालाले म्याग्दीमा कृषि र पशुपालनबाट राम्रो आम्दानी गर्न सकिने बताउनुभयो । किसानले शुरुमा रु तीन लाखको लगानीमा सामग्री खरिद गरेर डेरी सञ्चालन गरेको बास्कुना कृषि पशुपक्षी दुग्ध सहकारी संस्थाका अध्यक्ष तिलक गुरुङले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे