सन्तोषकुमार गुप्ता | दाङ १३ साउन ।

दाङको अमेलियामा आर्को थप अस्थाई ट्राफिक प्रहरी पोष्ट निर्माण गरिएको छ । लामो समय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता | दाङ १३ साउन ।

दाङको अमेलियामा आर्को थप अस्थाई ट्राफिक प्रहरी पोष्ट निर्माण गरिएको छ । लामो समय"/>

२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङको अमेलियामा आर्को थप अस्थाई ट्राफिक प्रहरी पोष्ट निर्माण

१३ श्रावण २०७३, बिहीबार ०४:४२

सन्तोषकुमार गुप्ता | दाङ १३ साउन ।

दाङको अमेलियामा आर्को थप अस्थाई ट्राफिक प्रहरी पोष्ट निर्माण गरिएको छ । लामो समय सम्म ट्राफिक प्रहरी अमेलियामा रहेर काम गरे पनि पोष्ट नहुँदा समस्या भएपछि अस्थाई पोष्टको निर्माण गरिएको हो ।

विभिन्न सहयोगीहरुको आर्थिक सहयोगमा पोष्टको निर्माण गरिएको हो । करिब ५० हजारको लागतमा निर्माण गरिएको पोष्टको आज वुधवार उद्घाटन गरिएको छ । पोष्टको जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक अरुणकुमार सिंह र सहयोगी प्रभात शाहले गरेका हुन । पोष्टको निर्माणभएपछि ट्राफिक प्रहरीको काममा सहजता हुने भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सिंहले बताए । कार्यक्रममा ईलाका प्रहरी कार्यालय अमेलियाका प्रमुख प्रहरी निरिक्षक हरिशरण भट्टले प्रहरी बिट निर्माणको बारेमा जानकारी गराउनुभएको थियो भने कार्यक्रमको सहजिकरण सामुदायीक प्रहरी सेवा केन्द्र दाङका सचिव आर.के.शीतलले गर्नुभएको थियो । साथै सो स्थानमा ट्राफिक नियमका संकेत बोर्डपनि स्थापना गरिएको छ ।

यसैबीच जिल्लाको सिमानामा ट्राफिक निमयमसम्वन्धी सचेतनामूलक बोर्ड स्थापना गरिएको छ । दाङ र बाँकेको सिमानामा रहेको शिव खोला छेउमा बोर्ड स्थापना गरिएको हो । बोर्डमा जिल्लामा स्वागत तथा विदाईको साथै ट्राफिक सचेतनामूलक सुचनाहरु लेखीएको छ । ‘ट्रफिक नियमको पालना गरौ, आफू पनि बचौ अरुलाई पनि बचाउ, मादक पदार्थ सेवन गरि सवारी साधन नचलाउ, तीव्र गति जिवनको क्षति, सिट बेल्ट तथा हेलमेट लगाएर मात्र सवारी चलाउ’ लगायतका सचेतनामूलक सुचनाहरु लेखिएको बोर्ड राखीएको छ । बोर्ड स्थापनामा स्थानीयबासीहरुको पनि सहभागीता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ