सन्तोषकुमार गुप्ता | दाङ १३ साउन ।

दाङको अमेलियामा आर्को थप अस्थाई ट्राफिक प्रहरी पोष्ट निर्माण गरिएको छ । लामो समय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता | दाङ १३ साउन ।

दाङको अमेलियामा आर्को थप अस्थाई ट्राफिक प्रहरी पोष्ट निर्माण गरिएको छ । लामो समय"/>

2026-09-19 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङको अमेलियामा आर्को थप अस्थाई ट्राफिक प्रहरी पोष्ट निर्माण

सन्तोषकुमार गुप्ता | दाङ १३ साउन ।

दाङको अमेलियामा आर्को थप अस्थाई ट्राफिक प्रहरी पोष्ट निर्माण गरिएको छ । लामो समय सम्म ट्राफिक प्रहरी अमेलियामा रहेर काम गरे पनि पोष्ट नहुँदा समस्या भएपछि अस्थाई पोष्टको निर्माण गरिएको हो ।

विभिन्न सहयोगीहरुको आर्थिक सहयोगमा पोष्टको निर्माण गरिएको हो । करिब ५० हजारको लागतमा निर्माण गरिएको पोष्टको आज वुधवार उद्घाटन गरिएको छ । पोष्टको जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक अरुणकुमार सिंह र सहयोगी प्रभात शाहले गरेका हुन । पोष्टको निर्माणभएपछि ट्राफिक प्रहरीको काममा सहजता हुने भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सिंहले बताए । कार्यक्रममा ईलाका प्रहरी कार्यालय अमेलियाका प्रमुख प्रहरी निरिक्षक हरिशरण भट्टले प्रहरी बिट निर्माणको बारेमा जानकारी गराउनुभएको थियो भने कार्यक्रमको सहजिकरण सामुदायीक प्रहरी सेवा केन्द्र दाङका सचिव आर.के.शीतलले गर्नुभएको थियो । साथै सो स्थानमा ट्राफिक नियमका संकेत बोर्डपनि स्थापना गरिएको छ ।

यसैबीच जिल्लाको सिमानामा ट्राफिक निमयमसम्वन्धी सचेतनामूलक बोर्ड स्थापना गरिएको छ । दाङ र बाँकेको सिमानामा रहेको शिव खोला छेउमा बोर्ड स्थापना गरिएको हो । बोर्डमा जिल्लामा स्वागत तथा विदाईको साथै ट्राफिक सचेतनामूलक सुचनाहरु लेखीएको छ । ‘ट्रफिक नियमको पालना गरौ, आफू पनि बचौ अरुलाई पनि बचाउ, मादक पदार्थ सेवन गरि सवारी साधन नचलाउ, तीव्र गति जिवनको क्षति, सिट बेल्ट तथा हेलमेट लगाएर मात्र सवारी चलाउ’ लगायतका सचेतनामूलक सुचनाहरु लेखिएको बोर्ड राखीएको छ । बोर्ड स्थापनामा स्थानीयबासीहरुको पनि सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो