2026-09-05 02:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वालिङमा आप्रवासी स्रोत उपकेन्द्र स्थापना, वैदेशिक रोजगारीमा जानेलाई परामर्श दिईने

असोज २, वालिङ । स्याङ्जाको वालिङमा आप्रवासी स्रोत उपकेन्द्र स्थापना गरिएको छ । वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका विकृति, विसङ्गतिको न्यूनीकरणका लागि थप व्यवस्थित, सुरक्षित र शोषणमुक्त बनाइ प्रतिफल वृद्धि गर्ने उद्देश्यले आप्रवासी स्रोत उपकेन्द्रको स्थापना गरिएको हो ।

ईलाका प्रशासन कार्यालय वालिङमा कार्यालय रहने गरी स्थापना भएको आप्रवासी स्रोत उपकेन्द्रले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका युवा/युवतीलाई रोजगारीमा जाँदा अपनाउनुपर्ने सुरक्षासम्बन्धी परामर्श, निशुल्क तालिमका लागि सिफारिस र अप्ठ्यारोमा परेकालाई कानूनी सहायताका लागि सहजीकरणलगायतका काम गर्ने सामी हेल्भेटास परियोजनाका गण्डकी प्रदेश संयोजक उमा शर्माले बताउनुभयो ।

नेपाल सरकार र स्वीस सरकारबीच भएको द्विपक्षीय सम्झौताअनुसार हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रम स्याङ्जामा लागू भएको छ । “वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सञ्चालन गरिएको सामी परियोजनाअन्तर्गत राहदानी बनाउन ईलाका प्रशासन कार्यालय वालिङमा आएकालाई सुरक्षित रोजागार परामर्श कार्यक्रम, कानूनी सेवा उपलब्ध गराउँछौँ”, प्रदेश संयोजक शर्माले भन्नुभयो, “रोजगारीबाट फर्किएकालाई सामाजिक पुनस्र्थापना लगायतका कार्यक्रम सञ्चालन गर्नेछौँ ।”

 उपकेन्द्रले कार्यक्रम लागू भएका पालिकाका वैदेशिक रोजगारमा जाने कामदार र उनीहरुको घर परिवारलाई सही सूचना प्रवाह गर्ने परियोजना स्याङ्जाका कार्यक्रम संयोजक एकनारायण सापकोटाले बताउनुभयो । पुतलीबजार नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालय स्याङ्जामा यसअघि नै आप्रवासी स्रोत केन्द्र स्थापना भई सेवा प्रवाह गरिसकेको कार्यक्रम संयोजक सापकोटाले बताउनुभयो । “वैदेशिक रोजगारीका लागि विभिन्न देशमा जानेको सङ्ख्या स्याङ्जामा पनि धेरै छ”, कार्यक्रम संयोजक सापकोटाले भन्नुभयो, “वैदेशिक रोजगारीका लागि गएकामा आइपरेका समस्या आप्रवासी स्रोत केन्द्र स्याङ्जाले सहजीकरण गर्ने गरेकोमा अबदेखि वालिङबाट पनि सेवा थालेका छौ ।”

आप्रवासी स्रोत केन्द्रमा विशेष गरी वैदेशिक रोगाजारीमा गएकामा एउटा काम भनेर अर्कोमा लगाउने, ठगी, मृत्यु पश्चात क्षतिपूर्ति दाबी, विदेशबाट लास ल्याउन समस्या, उद्धार जस्ता विषयका गुनासो आउने गरेको कार्यक्रम संयोजक सापकोटाले बताउनुभयो । कार्यक्रम संयोजक सापकोटाका अनुसार जस्तो प्रकृतिको समस्याहरु आउँछन् तत्तत् विषयसँग सम्बन्धित कार्यालयमा गुनासो पुर्याएर सहजीकरण गर्ने कार्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल