२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वालिङमा आप्रवासी स्रोत उपकेन्द्र स्थापना, वैदेशिक रोजगारीमा जानेलाई परामर्श दिईने

२ आश्विन २०७७, शुक्रबार ०८:४२

असोज २, वालिङ । स्याङ्जाको वालिङमा आप्रवासी स्रोत उपकेन्द्र स्थापना गरिएको छ । वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका विकृति, विसङ्गतिको न्यूनीकरणका लागि थप व्यवस्थित, सुरक्षित र शोषणमुक्त बनाइ प्रतिफल वृद्धि गर्ने उद्देश्यले आप्रवासी स्रोत उपकेन्द्रको स्थापना गरिएको हो ।

ईलाका प्रशासन कार्यालय वालिङमा कार्यालय रहने गरी स्थापना भएको आप्रवासी स्रोत उपकेन्द्रले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका युवा/युवतीलाई रोजगारीमा जाँदा अपनाउनुपर्ने सुरक्षासम्बन्धी परामर्श, निशुल्क तालिमका लागि सिफारिस र अप्ठ्यारोमा परेकालाई कानूनी सहायताका लागि सहजीकरणलगायतका काम गर्ने सामी हेल्भेटास परियोजनाका गण्डकी प्रदेश संयोजक उमा शर्माले बताउनुभयो ।

नेपाल सरकार र स्वीस सरकारबीच भएको द्विपक्षीय सम्झौताअनुसार हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रम स्याङ्जामा लागू भएको छ । “वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सञ्चालन गरिएको सामी परियोजनाअन्तर्गत राहदानी बनाउन ईलाका प्रशासन कार्यालय वालिङमा आएकालाई सुरक्षित रोजागार परामर्श कार्यक्रम, कानूनी सेवा उपलब्ध गराउँछौँ”, प्रदेश संयोजक शर्माले भन्नुभयो, “रोजगारीबाट फर्किएकालाई सामाजिक पुनस्र्थापना लगायतका कार्यक्रम सञ्चालन गर्नेछौँ ।”

 उपकेन्द्रले कार्यक्रम लागू भएका पालिकाका वैदेशिक रोजगारमा जाने कामदार र उनीहरुको घर परिवारलाई सही सूचना प्रवाह गर्ने परियोजना स्याङ्जाका कार्यक्रम संयोजक एकनारायण सापकोटाले बताउनुभयो । पुतलीबजार नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालय स्याङ्जामा यसअघि नै आप्रवासी स्रोत केन्द्र स्थापना भई सेवा प्रवाह गरिसकेको कार्यक्रम संयोजक सापकोटाले बताउनुभयो । “वैदेशिक रोजगारीका लागि विभिन्न देशमा जानेको सङ्ख्या स्याङ्जामा पनि धेरै छ”, कार्यक्रम संयोजक सापकोटाले भन्नुभयो, “वैदेशिक रोजगारीका लागि गएकामा आइपरेका समस्या आप्रवासी स्रोत केन्द्र स्याङ्जाले सहजीकरण गर्ने गरेकोमा अबदेखि वालिङबाट पनि सेवा थालेका छौ ।”

आप्रवासी स्रोत केन्द्रमा विशेष गरी वैदेशिक रोगाजारीमा गएकामा एउटा काम भनेर अर्कोमा लगाउने, ठगी, मृत्यु पश्चात क्षतिपूर्ति दाबी, विदेशबाट लास ल्याउन समस्या, उद्धार जस्ता विषयका गुनासो आउने गरेको कार्यक्रम संयोजक सापकोटाले बताउनुभयो । कार्यक्रम संयोजक सापकोटाका अनुसार जस्तो प्रकृतिको समस्याहरु आउँछन् तत्तत् विषयसँग सम्बन्धित कार्यालयमा गुनासो पुर्याएर सहजीकरण गर्ने कार्य हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे