२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा अस्पतालको प्रयोगशालामा २६ जनाको स्वाब रिपोर्ट पोजेटिभ

३ आश्विन २०७७, शनिबार ०९:२७

असोज ३, डडेलधुरा | डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डडेल्धुरा, बैतडी र दार्चुलाका १८६ जनाको शुक्रबार नमूनम परीक्षण गर्दा २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको डडेल्धुरा अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाका मेडिकल ल्याब टेक्नोलोजिस्ट जिनी गणेजुले जानकारी दिनुभयो ।

सङ्क्रमितमध्ये डडेल्धुरा जिल्लाका नवदुर्गा गाउँपालिकाका दुई र अमरगढी नगरपालिका एक, दार्चुलाको मार्मा गाउँपालिकाका २० र महाकाली नगरपालिकाका एक तथा बैतडीको पाटन नगरपालिकाका दुई गरी कूल २६ जना रहेको सो अस्पलालले जनाएको छ । 

काँग्रेस नगरसभापतिद्वारा राहत वितरण

कोरोना भाइरसको सङ्क्रमण फैलिएयता नेपाली काँग्रेस अमरगढी नगर सभापति दानबहादुर पालले विपन्न, गरिब तथा आर्थिक अवस्था कमजोर परिवारलाई राहत वितरण गर्दै आएका छन् । उहाँले लकडाउन शुरु भएदेखि नै विपन्न र ज्यालादारीमा काम गर्ने तथा विभिन्न समस्यामा पर्दै आएका परिवारलाई खाद्यान्नलगायत विभिन्न सहयोग गर्दै आउनुभएको हो । 

नगर सभापति पालले कोरोना भाइरसका कारण प्रभावित भएका अमरगढी नगरपालिका—९ चमालेकका दलित बस्तीमा पनि खाद्यान्न बाँडेका छन् । यसैगरी उहाँले अमरगढी नगरपालिका—१० बिजोडा गाउँका एक परिवारलाई पनि नगद सहयोग गरेका छन् । बिजोडाका मोहनबहादुर बिष्टको २८ वर्षकै उमेरमा निधन भएको थियो । उनको परिवारको सहयोग गर्न पालले वडा सदस्य प्रेमबहादुर बिष्टलाई रु दुई हजार पाँच नगद उपलब्ध गराएका छन् । सभापति पाल समाजिक कार्यमा पनि अग्रसर रहेका छन् । उहाँले अहिलेको बेला मजदूर र छाक टार्न समस्यामा रहेका मानिसलाई सहयोग गर्नु नै ठूलो पुण्य रहेको बताउँदै आफूले क्षमता अनुसारको सहयोग गरेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य