२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

ढोरपाटनको बाढीग्रस्त क्षेत्रमा अवरुद्ध भएको २० दिन पछि सञ्चार सेवा पुनः सुचारु

६ आश्विन २०७७, मंगलवार ०८:०३

असोज ६, गलकोट। ढोरपाटनको बाढीग्रस्त क्षेत्रमा अवरुद्ध भएको २० दिन पछि सञ्चार सेवा पुनः सुचारु गरिएको छ । अविरल वर्षासँगै गत भदौ १७ गते राती ढोरपाटनको भूजीखोलामा आएको बाढीले लघु जलविद्युतमा क्षति पुर्याउँदा विद्युतसँगै  मोवाइल टावर समेत बन्द भएको थियो । केन्द्रीय विद्युत नपुगेको ढोरपाटन क्षेत्रमा लघुजलविद्युतबाट मोवाइल टावर सञ्चालन गरिँदै आइएको थियो । 

बाढीले ढोरपाटनको भूजीखोला क्षेत्रको ११ जलविद्युतमा क्षति पुर्याउँदा सञ्चार सुविधाबाट वञ्चित भएका ढोरपाटनबासीलाई नेपाल टेलिकमले वैकल्पिक उर्जा सोलार जडान गरी सोमबारदेखि सेवा सुचारु गरेको टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिनुभयो । बाढीका कारण ढोरपाटन नगरपालिका–८ र ९ मा भदौं १७ गतेदेखि सञ्चार सुविधा अवरुद्ध भएको थियो । बाढीका कारण वेपत्ता भएका ३७ मध्ये २२ जनाको शव फेला परेको छ भने १५ जना अझै वेपत्ता रहेका छन् । 

विद्युत सेवा बन्द भएपछि त्यस क्षेत्रमा सञ्चार मोवाइल सेवा अवरुद्ध भएको थियो । सडकमा बाढीले क्षति पु¥याएको हुँदा तत्काल त्यहाँ सोलार जडान गरी मोवाइल सेवा सञ्चालनमा आउन सकिएको थिएन ।  ढोरपाटन नगरपालिकाको समन्वयमा सालझण्डी–ढोरपाटन सडक आयोजनाले केही दिन पहिले उक्त स्थानसम्म सडक मर्मत गरे पछि सोलारका सामाग्री पु¥याएर जडान गरिएको हो । “तत्काल त्यहाँ रहेका लघु जलविद्युत सञ्चालनमा आउने सम्भावना नरहेपछि  टेलिकमले वैकल्पिक ऊर्जा सोलार जडान गरी सेवा सुचारु गरेको हो,” उहाँले भन्नुभयो “सोलार प्रणलीबाट जडान गरिएको टावर घाम नलाग्दा समस्या ल्याउन सक्छ, विद्युत सुचारुचएपछि पुन टावरलाई विद्युतवाट सञ्चालनमा ल्याउने छौं ।”  

ढोरपाटन ८ बोवाङ बिजौरेमा रहेको टावरमा १३५ वाटको २४ थान सोलार जडान गरेर अवरुद्ध सञ्चार सेवा सञ्चालन गरिएको  छ । सेवा सुचारु गर्न  टेलिकमले पोखराबाट प्राविधिक टिम सहित सोलार सेट व्यवस्थापन गरेको थियो । विद्युत आपूर्ति बन्द हुँदा बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवाबाट सेवाग्राही वञ्चित भएका थिए । सालझण्डी ढोरपाटन सडक बाट टावर सम्म सामाग्री पुराउन स्थानीय बासिन्दा, विपत व्यवस्थापनमा खटिएको नेपाल प्रहरीको टिम र जनप्रतिनिधिले सहजीकरण गरेको ढोरपाटन नगर प्रमुख देवकुमार नेपालीले जानकारी दिनुभयो । कोरोना कहर र प्रतिकूल मौसमका बावजुत जनताको सञ्चार सुविधालाई मध्यनजर गर्दै टावर सञ्चालनमा ल्याइएको हो । 

बोबाङको विजौरेको टावर अवरुद्ध हुँदा त्यस आसपास र ढोरपाटन नेपानेमा रहेको टावरमा रेडियो लिङ्क बन्द रहेको थियो ।  लिङ्क बन्द हुँदा ढोरपाटन शिकार आरक्ष क्षेत्रमा समेत २० दिनदेखि मोवाइल सेवा अवरुद्ध रहेको  टेलिकम पोखराका इञ्जिनियर शिवप्रसाद पौडेलले जानकारी दिनुभयो । टावरमा सोलार जडान गर्न प्राविधिक कटकबहादुर गुरुङ सहितको टिम बोवाङ पुगेको थियो । यही सोमबारदेखि मोवाइल सेवा सञ्चालनमा आएसँगै स्थानीयहरू खुशी भएको ढोरपाटन  –९ का वडाध्यक्ष हरि बहादुर घर्तीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य