२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

सुदूरपश्चिममा ७७ हजारको कोरोना परीक्षण

७ आश्विन २०७७, बुधबार ०४:३६

असोज ७, डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा झण्डै ७७ हजारको कोरोना परीक्षण गरिएको छ । प्रदेशका नौ वटै जिल्लाबाट सङ्कलन गरिएका ७६ हजार ६८८ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

धनगढी प्रयोगशालामार्फत ४१ हजार ८१६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशालामार्फत १६ हजार ३१८, डडेल्धुरा अस्पतालको प्रयोगशालामार्फत १६ हजार ६९९, जिल्ला अस्पताल डोटीको प्रयोगशालामार्फत तीनहजार ४७८ र बैतडी जिल्ला अस्पतालको प्रयोगशालामार्फत १९३ जनाको कोरोना परीक्षण भएको छ । 

निर्देशनालयका अनुसार अहिलेसम्म परीक्षणका लागि ८० हजार ९७ जनाको स्वाब सङ्कलन गरिएकामा एक हजार ४०९ जनाको परीक्षण रिर्पोट आउन बाँकी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा अहिलेसम्म परीक्षण गरी झण्डै नौ प्रतिशत अर्थात् छ हजार ९०० मा कोरोना पुष्टि भएको छ ।

सबैभन्दा बढी कैलालीमा दुई हजार ११०, डोटीमा एक हजार ५०, अछामका ९९४, कञ्चनपुरमा ७७५, बाजुरामा ६३०, बझाङमा ५१९, बैतडीमा ३८९, डडेल्धुरामा ३४८ र दार्चुलामा ८७ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएका पाँच ७६७ बढीले कोरोना जितेका छन् भने १५ जनाको मृत्यु भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार कैलालीमा एक हजार ६८७, डोटीमा ९३४, अछाममा ९१२, कञ्चनपुरमा ७१२, बाजुरामा ४४२, बझाङमा ३८८, बैतडीमा ३२६, डडेल्धुरामा ३१६ र दार्चुलामा ४५ जना सङ्क्रमित डिस्चार्ज भएका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या ५ हजार ९०० नाघेको छ । उनीहरुमध्ये १५ जनाको मृत्यु भइसकेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य