९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेँसीशहर–चामे सडक अवरुद्ध

७ आश्विन २०७७, बुधबार ०७:४७

असोज ७, लमजुङ । लमजुङ र मनाङको एक मात्र बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । मङ्गलबारदेखि निरन्तर परेको वर्षाले गएरातिदेखि बाढीपहिरो जाँदा यसखण्डको बेँसीशहर नगरपालिका– ७ पुवाखोला र वडा नं– ६ खरखरेभीरमा सडक अवरुद्ध भएको हो । 

निरन्तर वर्षाले बाढी आउँदा पुवाखोलाले करिब पाँच÷छ मिटर सडक खोलेको र खरभरेभीरमा सडकमाथिबाट ढुङ्गामाटोसहितको पहिराले करिब ४० मिटर सडक अवरुद्ध बनाएको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालय लमजुङका सवइञ्जिनीयर सुमन अधिकारीले बताउनुभयो । सडक अवरुद्ध हुँदा सवारीसाधन आवजात हुनसकेको छैन । “पुवाखोलामा बाढी आउदा सडक खोल्ने गर्छ, हामीले ढुङ्गा माटो राखेर सडक सञ्चालन गर्ने गर्छौ तर दिगो समाधान हुनसकेको छैन”, उहाँले भन्नुभयो । 

त्यस्तै, खरखरेभीरमा सडक माथिको ठूलो पहिरो भएकाले त्यसलाई नियन्त्रण गर्न कठिन हुँदा पटक–पटक पहिरो जाँदा सडक अवरुद्ध हुँदै आएको छ । वर्षा निरन्तर भइरहेकाले उक्त स्थानमा गएको पहिरो तत्काल खुलाउन सम्भव नहँुदा यातायात सञ्चालनमा समस्या भएको उक्त कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो