२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सडक डिभिजन कार्यालय हेटौडाले २१ निर्माण कम्पनीसँगको ठेक्का तोड्यो, कालो सूचिमा राख्‍ने तयारी

२०७७, ८ आश्विन बिहीबार ११:४२

असोज ८,मकवानपुर ।

समयमै काम सम्पन्न नगर्ने मकवानपुर,पर्सा,बारा,रौतहट र काठमाडौंका २१ वटा निर्माण कम्पनीसित भएको ठेक्का सडक डिभिजन कार्यालय हेटौडाले तोडेको छ।साथै ती कम्पनीहरुलाई कालो सुचिमा राख्ने प्रक्रिया समेत अघि बढाएको छ।सडक डिभिजनसित भएको सम्झौता बमोजिम सम्झौताको म्याद समाप्त भएको लामो समयसम्म पनि काम सम्पन्न नगर्ने तथा पटक पटक ताकेता गर्दा पनि काम नगरेको हुदा ती निर्माण कम्पनीहरुसित भएको ठेक्का सम्झौता रद गरिएको डिभिजन कार्यालयले जनाएको छ।

उनीहरुसित सार्बजनिक खरिद ऐन २०६३ को दफा ५९ को उपदफा २ (क) र ७ बमोजिम ठेक्का सम्झौता रद गरि सोही ऐन अनुसार बैंक जमानत जफत गरि बाँकी कामको रकम सरकारी बाँकी सरह असुल गर्ने र कालोसुचिमा राख्ने प्रक्रिया अघि बढाउने निर्णय गरिएको डिभिजन प्रमुख योगेश सुमनले जानकारी दिए।

ठेक्का तोडदै कालो सुचिमा राख्ने निर्माण कम्पनी मध्ये पर्सा वीरगञ्जको आशिया कन्स्ट्रक्सन,अभय कन्स्ट्रक्सन,भेडियारीको शिव निर्माण सेवा,र्सिसियाको सौरभ कन्स्ट्रक्सन,बहुअरीको सरस्वती निर्माण सेवा,मुर्लीको सोनु कन्स्ट्रक्सन गरि ६ निर्माण कम्पनीहरु रहेका छन्।

बारा कलैयाको नन्दनी कन्स्ट्रक्सन,जन जागृति कन्स्ट्रक्सन,बघवनको बिशाल कन्स्ट्रक्सन गरि ३ कम्पनीहरुसित तथा रौतहट पिपरियाको सरस्वती कन्स्ट्रक्सन र काठमाडौंको नवयुग निर्माण सेवा सित डिभिजन कार्यालयले ठेक्का तोडेको हो।यसैगरि मकवानपुरको आरएस निर्माण सेवा, जिपिबी कन्स्ट्रक्सन हेटौंडा, शर्मिला निर्माण सेवा वसामाडी, हेटौंडा कन्स्ट्रक्सन, बि ब्रदर्स निर्माण सेवा हेटौंडा, विनायक कन्स्ट्रक्सन हेटौंडा, दामुचन्द्रमाला कन्स्ट्रक्सनसित पनि डिभिजनले गरेको ठेक्का तोडेर कालो सुचीमा राख्ने निर्णय गरेको छ।

०६६ चैतमा बिभिन्न सडक निर्माण र मर्मत ठेक्काको सम्झौता गरेका ती निर्माण कम्पनीहरुलाई राष्ट्रिय पत्रिकामार्फत सम्पर्कमा आउन तथा निर्माण सम्पन्न गर्न अनुरोध गरिएपनि उनीहरुले म्याद समाप्त भएको लामो समयदेखि कार्य सम्पन्न नगरेकोले ठेक्का तोडेर कालो सुचिमा राख्ने निर्णय गरिएको डिभिजन प्रमुख सुमनले बताए।समयमै तथा म्याद समाप्त भएको लामो समयसम्म काम नगर्ने अन्य केही निर्माण कम्पनीहरुलाई कारवाही गर्ने तयारी भइरहेको डिभिजन कार्यालय हेटौडाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने