दान बहादुर बुढा | साउन १३, मुगु | विहिबार विहान ९ बजे सदरमुकाम गमगढी बजार स्थित एक घरमा भएको आगलागिबाट करोड भन्दा बढीको क्षेति भई एक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दान बहादुर बुढा | साउन १३, मुगु | विहिबार विहान ९ बजे सदरमुकाम गमगढी बजार स्थित एक घरमा भएको आगलागिबाट करोड भन्दा बढीको क्षेति भई एक"/>
2026-09-08 12:24 PM
मुगु - MG

आगलागिबाट १ करोड ३३ लाख भन्दा बढी क्षति, एक घर पूर्ण नष्ट

दान बहादुर बुढा | साउन १३, मुगु | विहिबार विहान ९ बजे सदरमुकाम गमगढी बजार स्थित एक घरमा भएको आगलागिबाट करोड भन्दा बढीको क्षेति भई एक घर पूर्ण नष्ट भएको छ । 

कार्कीबाडा गाविस वडा नम्बर २ निवासी हस्तबहादुर भामको गमगढी बजारमा रहेको १८ काटा भएको  तेस्रो तल्लामा लागेको आगोले कोठा भाडा लिई बसिरहेका श्रीनगर गाविस वडा नम्बर २ का खडकबहादुर मल्लको १४ लाख ६२ हजार क्रमस घर भाडा बस्ने जय बहादुर कार्कीको ६ लाख९८ हजार ,सितल कार्कीको १ लाख १३ हजार मोहोन परीवार २ लाख २२ हजार जय बहादुर रावतको ८० हजार र घरमालीक हस्त बहादुर भामका घरको मूल्य १ करोड र अन्य मालसामान सहीत ७ लाख भन्दा बढी गरी जम्मा १ करोड ३३ लाख धन्दा बढी क्षेती भएको पिडीतको निबेदनमा रहेको प्रहरी कार्यालय मुगुले जनाएको छ ।  

घर भाडामा बस्ने मानिसहरुको लल्ता कपडा , गहना ,शैक्षिक प्रमाण पत्र ,भाडा बतनहरु लगायतका सामानहरु जलेर नष्ट भएका छन । भने घर मालिक हस्त बहादुर भाम भन्छन घर लगायको ३ बर्ष नपुग्दै घर खरानि बने घर भित्र रहेका सम्पूर्ण सम्पति नस्ट भएको र छोरा बुहारीका शैक्षिक प्रमार्ण पत्र समेत जली नस्टभई सकेको बताउदै दुख ब्यक्त गर्छन ।

खड्क बहादुर मल्लको भान्साबाट निस्किएको आगोले घरको तेस्रो तलामा रहेका सबै कोठाहरु जलेका छन । आगलागि नियन्त्रण गर्न गमगढी बजारका स्थानीयवासी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो । विहान ९ बजे लागेको आगो एक घण्टा पछि मात्र नियन्त्रणमा आएको थियो । आगोले धनमालको ठुलो क्षेति गरे पनि विहान पख भएकाले मानविय क्षेति भने हुन नपाएको प्रहरी प्रमुख डिइसपी सोम थापाले बताएको छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल