२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कोरोना प्रभावितद्वारा व्यवसायका लागि आवेदन

२०७७, ९ आश्विन शुक्रबार ०६:४०

असोज ९, महेन्द्रनगर । कञ्चनपुरको कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा एक हजार ५०० बढी व्यवसायीले   आयमूलक कामका लागि आवेदन दिएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना प्रभावित व्यक्तिलाई आयमूलक काममा लगाएर स्वरोजगार बनाउने भनेपछि सो आवेदन परेको हो । 

प्रदेश सरकारले कोरोना महामारी प्रभावितमध्ये नौ हजारलाई तत्काल स्वरोजगार बनाउने भन्दै आवेदनका लागि २१ दिनको समयावधि दिएको थियो । बङ्गुर, बाख्रा, कुखुरा र माछापालनलगायतका व्यवसाय गर्न एक हजार दुई जनाले आवेदन दिएका छन् । पशु सेवा केन्द्रका प्रमुख डा पानसिंह ठगुन्नाले  कञ्चनपुरका सबै पालिकामा आवेदन लिइएको बताउँदै सबै विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो ।

“पालिकामा आवेदन सङ्कलनको काम भइरहेको छ”, उहाँले भन्नु्भयो, “आवेदन दिनेमा भारत र तेस्रो मुलुकबाट कोरोना प्रभावित भएर आएका बढी छन् ।” कञ्चनपुरका नौवटै स्थानीय तह र कृषि ज्ञान केन्द्रमा कृषितर्फ व्यवसाय गर्न चाहनेले आवेदन दिएको ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख रामचन्द्र भट्टले ज्ञान केन्द्रमा ३३१ कोरोना प्रभावितले व्यवसाय गर्न आवेदन दिएको बताउनुभयो ।

“नगरपालिकामा कृषितर्फको आवेदन सङ्कलन भएको छ”, उहाँले भन्नुभयो, “सबैतिरको विवरण सङ्कलन हुँदैछ ।” सो केन्द्रमा आएका आवेदनमा तरकारी र च्याउ खेती गर्न धेरैले इच्छा देखाएका छन् । मन्त्रालयले कृषि तथा पशुपन्छी विकास कार्यक्रममा सहभागी हुन कोरोना प्रभावित व्यक्तिलाई आवेदन दिन असोज ६ गतेसम्म समय दिएको थियो ।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार फलफूल, तरकारी, च्याउ खेती, मौरी, भेडा, बाख्रा, बङ्गुरपालन, गाईभैँसी, माछा, स्थानीय कुखुराहाँस र अन्य मासुजन्य पन्छीपालन, नर्सरी, पुष्प व्यवसाय र अन्य गरी १० थरी कृषि क्षेत्रमा काम गर्न इन्छुक व्यक्तिलाई स्वरोजगार बनाउने लक्ष्य रहेको छ ।

प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत गोकुलप्रसाद बोहराले कोरोना प्रभावितलाई स्वरोजगार बनाउन यहाँका ८८ वटै स्थानीय तह र जिल्लाका कृषि र भेटेरिनरीमा आवेदन दिन लगाइएको बताउनुभयो । “हाम्रो प्रदेशमा कतिले आवेदन दिए त्यो सबैतिरको विवरण सङ्कलन हुँदैछ”, उहाँले भन्नुभयो, “सबै विवरण आउन चार÷पाँच दिन लाग्छ ।” रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो