२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन शुरु

९ आश्विन २०७७, शुक्रबार ०८:५९

असोज ९, दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलनका काम शुरु गरेको छ । जिल्ला समन्वय समिति प्रमुख करवीर कार्की, महाकाली नगरप्रमुख हंशराज भट्ट र मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीको फोटो खिचेर आवश्यक विवरण सङ्कलन गरी काम शुरु गरिएको हो ।

सङ्कलन गरिएको विवरण प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले समन्वय प्रमुख कार्कीलाई हस्तान्तरण गर्दै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन भएको जनाउनुभयो । प्रजिअ पोखरेलले यो अभियान निरन्तर रहने बताउनुभयो । उहाँले राष्ट्रिय परिचयपत्रले व्यक्तिका सबै विवरण बुझाउने हुँदा सबैलाई नागरिकताको सक्कलै प्रति अनिवार्य बोकेर जिल्ला प्रशासन कार्यालयमा आउनसमेत आग्रह गर्नुभयो । 

पहिलो दिन बिहीबार दार्चुलाका मार्मा, अपिहिमाल गाउँपालिका र शैल्यशिखर नगरपालिका गरी थप छ जनाको विवरण सङ्कलन गरिएको छ । जिल्ला प्रशासनले नागरिकता बनाउन आउने सबै व्यक्तिको अबदेखि राष्ट्रिय परिचयपत्रका लागि समेत विवरण सङ्कलन गर्ने प्रजिअ पोखरेलले बताउनुभयो । सङ्कलन गरेर ल्याएपछि ती विवरणको आधारमा परिचयपत्र बाँडिनेछ । परिचयपत्रका लागि विवरण भर्न सम्बन्धित व्यक्ति, बुबा र आमाको नागरिकता पनि आवश्यक पर्नेछ । दश अङ्कको नम्बर रहेको परिचयपत्रमा नागरिकको सबै विवरण साथै नागरिकतामा नभएको हजुरबुबाको नाम, आमाको नाम, पति र पत्नीको नाम, हातका औँठाछाप, शैक्षिक योग्यता, पेशा अस्थायी र स्थायी ठेगाना उल्लेख गर्नुपर्ने छ । 

यसरी भरेर पठाएको विवरण राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचयपत्र तयार पारेर जिल्लामा पठाएपछि सम्बन्धित व्यक्तिले पाउनेछ । केन्द्रीय विभागबाट राष्ट्रिय परिचयपत्र जिल्लामा आइपुग्न छ महिना लाग्ने प्रजिअ पोखरेलले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान