साउन १३, डडेल्धुरा । संघियता पछि प्रदेश नम्बर ७ मा कस्तो शिक्षा अपनाउने भन्ने बिषयमा चनाखो हुनु पर्नेमा सुदूरपश्चिमका क्षेत्रीय शिक्षा निर्देशक लालजंग चौहानले जोड दिनु भएको छ । 

डडेल्धुरामा बुधबारबाट सुरु भएको बिद्यालय शिक्षाको पाठ्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, डडेल्धुरा । संघियता पछि प्रदेश नम्बर ७ मा कस्तो शिक्षा अपनाउने भन्ने बिषयमा चनाखो हुनु पर्नेमा सुदूरपश्चिमका क्षेत्रीय शिक्षा निर्देशक लालजंग चौहानले जोड दिनु भएको छ । 

डडेल्धुरामा बुधबारबाट सुरु भएको बिद्यालय शिक्षाको पाठ्"/>

२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

संघियतापछि प्रदेश नम्बर ७ मा कस्तो पाठ्यक्रम आवश्यक

२०७३, १३ श्रावण बिहीबार १४:१६

साउन १३, डडेल्धुरा । संघियता पछि प्रदेश नम्बर ७ मा कस्तो शिक्षा अपनाउने भन्ने बिषयमा चनाखो हुनु पर्नेमा सुदूरपश्चिमका क्षेत्रीय शिक्षा निर्देशक लालजंग चौहानले जोड दिनु भएको छ । 

डडेल्धुरामा बुधबारबाट सुरु भएको बिद्यालय शिक्षाको पाठ्यक्रममा जनोपयोगी शिक्षाको प्रवर्धन तथा अक्षराङ्कन पद्धति सम्बन्धि दुई दिने कार्याशाला गोष्ठिको उद्घाटन कार्यक्रममा निर्देशक चौहानले देशमा संघियता लागु भएपछि यस क्षेत्रका बिषय पनि पाठ्यक्रममा समेटिनु पर्ने बिषय महत्वपूर्ण भएकाले राष्ट्रिय स्तरमा बहस हुने खालका महत्वपूर्ण कुराहरु उठान गर्नु पर्नेमा जोड दिनु भएको हो । संघियतामा प्रदेश नं. ७ मा कस्तो शिक्षा उपयुक्त हुन्छ भन्ने बिषयमा ध्यान पु¥याउनु पर्ने उहाँले बताउनु भएको छ । बुधबारबाट डडेल्धुरा सदरमुकाममा सुरु भएको उक्त गोष्ठिमा सहभागि शिक्षाका बिभिन्न क्षेत्रबाट सहभागिहरुलाई आफ्ना महत्वपूर्ण सुझाव दिन आग्रह गर्नु भएको छ । 

बिद्यालय शिक्षाको पाठ्यक्रममा जनोपयोगी शिक्षाको प्रवर्धन तथा अक्षराङ्कन पद्धतिमा सुझाव संकलन गर्न डडेल्धुरा पुगेको पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरको सुझाव संकलन टोलीलाई आवश्यक सुझावहरु दिन शिक्षासँग सम्बन्धित कार्यक्रममा सहभागिहरुलाई निर्देशक चौहानले आग्रह गर्नु भयो । शिक्षा ऐन आठौँ सन्सोधनपछि शिक्षा तह परिवर्तन भएपछि कक्षा १२ सम्मको पाठ्यक्रम तयार पार्ने जिम्मेवारी पाठ्यक्रम विकास केन्द्रले गर्ने भएको उक्त केन्द्रको सुझाव संकलन टोलीले जानकारी गराएको छ । 

साथै प्रवेशिका परिक्षामा मात्रै लागु भएको ग्रेडिङ अर्थात अक्षराङ्कन पद्धति अब सबै तहमा लागु गर्ने बिषयमा राष्ट्रिय स्तरमा बहस चलिरहेको गोष्ठिमा जानकारी गराईएको थियो । गोष्ठिमा शिक्षक, बिद्यार्थी, शिक्षासँग सम्बन्धित कार्यालयका कर्मचारी सहित शिक्षासँग सम्बन्धित अन्य व्यक्तिहरुको पनि सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा