२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

ज्वालामुखी–७ का ५२ परिवारलाई राहत वितरण

११ आश्विन २०७७, आईतवार १८:५४

डि. पी छत्कुली | असोज १२, धादिङ | धादिङ जिल्लाको ज्वालामुखी–७ का ५२ परिवारलाई 'बाँचौ र बचाऊ अभियान' अभियानको सहयोगमा राहत वितरण गरिएको छ ।

नेपाली युथ एशोसिएशन युकेका उपाध्यक्ष तथा एनआरएन युकेका सल्लाहकार राजन खकुरालको सभापतित्वमा सम्पन्न भएको भर्चुअल कार्यक्रममा बागमती प्रदेशका सांसद डा.राजाराम कार्की प्रमुख आतिथ्य रहेको थियो । 

भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै “बाचौं र बचाऊ अभियान”का संयोजक एंव नेपाली वेलफेयर सोसाईटी युकको अध्यक्ष तथा  एनआरएन युकेका कार्यसमितिका सदस्य धनबहादुर सार्कीले कोरोना महामारी सुरु भए यता बेलायतस्थित विभिन्न संघसंस्था र मनकारी व्यक्तिहरुको प्रयोजनमा नेपालमा राहत वितरण गर्दै आएको बताउनुभयो। 

कार्यक्रममा गैरआवासीय नेपाली संघ यूकेका सचिव एवं रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाईटी यूकेका उपाध्यक्ष जित रानाभाटले आफुले कोरोना संकट यता बिगत केहि महिनादेखि निरन्तर भर्चुअल कार्यक्रमको संचालन र आर्थिक सहयोग गर्दै आएको बताउनुभयो।


कोरोना महामारीबाट “बाँचौ र बचाऊ अभियान” अन्तर्गत ज्वालामुखी–७ का ५२ परिवारलाई राहत गरिएको हो । स्थानीय युवा बुद्धि नेपालीको सहयोग अपिलमा सम्पन्न भएको राहत वितरणमा स्थानीय सामाजिक अभियन्ता प्रताप कंडेल साथै समाज सेवी रुद्रप्रसाद खकुरालले कार्यक्रमको प्रत्यक्ष प्रसारण लगायतका अन्य व्यवस्थापनमा सहयोग गर्नु भएको थियो । त्यस्तै कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष अरुण प्रसाद लोहनी, समाज सेवीहरु होमप्रसाद खकुराल, भोजराज खकुराल, शम्भु नेपाली, बुद्धि नेपाली, शंकर नेपाली, प्रकाश खकुराल, केशव खकुराल, बबी खकुराल, रोजन कंडेलको समेत उपस्थितिरहेको थियो । 

ज्वालामुखी–७ को स्थानापति निम्न माध्यमिक विद्यालयमा भएको वितरण कार्यक्रम पुर्व विद्यालय स्रोत व्यक्तिहरु ज्ञानेन्द्र खकुराल तथा ओम प्रसाद पाठक र विद्यालय प्रधानाध्यापक भद्रलाल खकुरालले समस्यामा परेका व्यक्तिहरुलाई पुर्याएको सहयोगको लागि हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने