2026-09-08 12:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पुसबाट २७ मेगावाट बिजुली थपिने

असोज १२, लमजुङ । लमजुङबाट आगामी पुस महिनाबाट मुलुकमा २७ मेगावाट बिजुली थपिने भएको छ । दोर्दी गाउँपालिकामा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाको काम आगामी पुस महिनामा सकिने भएसँगै आयोजनाबाट २७ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने भएको हो ।

हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन यस आयोजनामा उक्त मितिमै निर्माण कार्य सम्पन्न गर्दै बिजुली उत्पादन गर्ने तयारीका साथ कामलाई अघि बढाइरहेको आयोजनाका प्रोजेक्ट म्यानेजर मुन्ना शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “बाँधस्थल, पाइप लाइन विच्छ्याउने, विद्युत्गृह, सुरुङ मार्गलगायतका अधिकांश काम सम्पन्न भइरहेको छ । करिब ९५ प्रतिशत काम सम्पन्न भएको यस आयोजनामा हाल मेशिनहरु फिट गर्नेलगायतका कार्य भइरहेको आयोजनाले जनाएको छ ।  यस आयोजनाले विसं २०७२ फागुनबाट निर्माण शुरु गरी विसं २०७५ भदौ १५ गते आयोजनाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । 

यद्यपि काम थालनी भएपछि भएको नाकाबन्दी, अघिल्लो वर्खामा विद्युत्गृहमा मस्र्याङ्दी नदीको पानी छिरेर मेशिनरी सामानमा पुर्याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकोले निर्माण कार्यमा ढिलाइ हुन पुगेकोले निर्धारित समयमा आयोजना सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ । पछि समय थपेर गत चैत मसान्तसम्ममा निर्माण कार्य सक्ने सम्झौता गरे पनि सोही अवधिमा पनि निर्माण कार्य सम्पन्न नभएपछि गत असारसम्म सक्ने गरी सम्झौता भएको थियो तर कोभिड–१९ का कारण लकडाउनले निर्माण कार्यलाई प्रभाव पार्दा उक्त मितिमा समेत निर्माण कार्य सम्पन्न हुन नसकेपछि आगामी पुस महिनाबाट बिजुली निकाल्ने लक्ष्य लिइएको आयोजनाले जनाएको छ ।  

आयोजनाको बाँधस्थल २१२ मिटर ग्रसहेड रहेको छ । बेँसीशहर नगरपालिका–११ रामचोक बेँसीमा विद्युत्गृह रहेको छ । आयोजनाका कार्यकारी प्रमुख गुरुप्रसाद ढकालका अनुसार नेपाल विद्युत् प्राधिकरण र उक्त कम्पनीका बीचमा २०६९ असार १ गतेपिपिए सम्झौता भएको थियो । सुक्खा याममा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने सम्झौता भएको आयोजनाले जनाएको छ । 

रु तीन अर्ब ८६ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढे पनि निर्माण सम्पन्न हुँदा करीब रु चार अर्ब २३ करोड लाग्ने अनुमान आयोजनाको रहेको छ । गैरआवसीय नेपाली सङ्घको ३५ दशमलव सात प्रतिशत, आइएमई ग्रुपको ३४ दशमलव तीन प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी रहेको छ । बाँधस्थल र विद्युत्गृहको काम रसुवा कन्स्ट्रक्सन कम्पनी, पाइप लाइनको माछापुच्छ«े मेटल एण्ड मेशिनरी कम्पनी र सुरुङ निर्माणको काम मल्टी इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको रहेको थियो । 

यस आयोजनाभन्दा अघि जिल्लामा ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्र, माथिल्लो ५० मेगावाट क्षमताको मस्र्याङ्दी ए लगायतका छ आयोजनाबाट राष्ट्रिय प्रसारण लाइनमा बिजुली जोडिइसकेको छ । त्यस्तै यस २७ मेगावाटको दोर्दीखोला जलविद्युत् निर्माण भएको दोर्दी करिडोरमै यस बाहेक चार वटा आयोजनाहरु निर्माणाधीन रहेका छन् भने जिल्लाभरि करिब एक दर्जन आयोजनाहरु निर्माणाधीन छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल