साउन १४, मेलम्ची । सिन्धुपाल्चोकको अधिकांश ग्रामीण सडक वर्षासँगैको पहिरोका कारण अवरुद्ध भएको छ । 

सदरमुकाम जोड्ने मेलम्ची–नवलपुर–चौतारा सडक अविरल वर्षासँगै झ्याडी खोला नजिक आएको पहिरोको कारण दुई सातादेखि अवरुद्ध छ । त्यस्तै मेलम्ची–"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, मेलम्ची । सिन्धुपाल्चोकको अधिकांश ग्रामीण सडक वर्षासँगैको पहिरोका कारण अवरुद्ध भएको छ । 

सदरमुकाम जोड्ने मेलम्ची–नवलपुर–चौतारा सडक अविरल वर्षासँगै झ्याडी खोला नजिक आएको पहिरोको कारण दुई सातादेखि अवरुद्ध छ । त्यस्तै मेलम्ची–"/>

२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकमा पहिरोका कारण अधिकांश ग्रामीण सडक अवरुद्ध

२०७३, १४ श्रावण शुक्रबार ०२:२६

साउन १४, मेलम्ची । सिन्धुपाल्चोकको अधिकांश ग्रामीण सडक वर्षासँगैको पहिरोका कारण अवरुद्ध भएको छ । 

सदरमुकाम जोड्ने मेलम्ची–नवलपुर–चौतारा सडक अविरल वर्षासँगै झ्याडी खोला नजिक आएको पहिरोको कारण दुई सातादेखि अवरुद्ध छ । त्यस्तै मेलम्ची–तिपेनी सडकखण्डको विभिन्न ठाउँमा पहिरो झरेका कारण गुन्सा, भोताङ जाने यात्रुले निकै समस्या झेल्नुपरेको स्थानीयबासिन्दा बताउँछन् । 

सडक अवरुद्ध हुँदा अत्यावश्यक तथा दैनिक उपभोग्य सामान खरिदका लागि घन्टौँ हिँड्नुपर्ने बाध्यता रहेको दुवाचौर क्यौरानीका स्थानीयबासिन्दा धुव्र गिरिले जानकारी दिए । 

मेलम्चीबाट बाँसखर्क हुँदै बरुवासम्म पुग्ने सडक बर्खामा सधैँ अवरुद्ध हुने गर्दछ जसका कारण बरुवाबासीलाई एक दिन लगाएर मेलम्ची बजारसम्म खाद्यान्न किन्न जानुपर्ने बाध्यता रहेको बासँखर्कका समाजसेवी पासाङ तामाङले बताए । 

अरनिको राजमार्गअन्तर्गतको जम्बुमा भोटेकोसी नदीमा आएको बाढीले सडक कटान गरेकाले हालसम्म पनि सडक सञ्चालनमा आउन नसकेको इप्रका बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेले बताए । नदीले सडक कटान गरेपछि भत्किएको सडकखण्डमा ढुङ्गाको ग्याविन भर्ने कार्य भइरहेको र सडक सञ्चालन गर्न अझै केही महिना लाग्ने उनको भनाइ थियो । 

त्यस्तै वर्षाको कारण जुरेमा माथिबाट खस्ने लेदोले बेलाबेलामा सडक अवरुद्ध गर्ने गरेको छ । माथिबाट झरेको लेदो सडकमा जम्मा हुने हुँदा सवारी साधन फस्ने कारणले यातायात आवतजावतमा समस्या हुने गरेको छ । 

हेलम्बु यातायातअन्तर्गतको जिरो किलोदेखि मेलम्चीसम्मको सडकको अवस्था निकै दयनीय छ । सडकमा परेको खाल्डो र हिलोको कारण यातायात सञ्चालनमा निकै कठिनाइ भएको मेलम्ची नगरपालिका ज्यामिरेका युवा रोमन कार्कीले बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा