२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुको खत्याड गाँउपालिकामा २ जनामा कोरोना पोजेटिभ देखियो

१५ आश्विन २०७७, बिहीबार ०१:४१

दान बहादुर बुढा | असोज १५, मुगु | बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ केही दिनदेखी मुक्त भएको मुगु जिल्लामा पुर्न खत्याड गाँउपालिकामा दुई जनामा थप कोरोना पोजेटिभ देखिएको छ ।

खत्याड गाँउपालिकाको स्वास्थ्य शाखाले मिति २०७७असोज ८ गते संकलन गरिएको १८जना स्थानिय बासिहरुको  पिसिआर संकलन गरि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा परिक्षण गर्दा २ जनामा पोजेटिभ देखिएको र १६ जनाको नेगेटिभ रिपोर्ट आए जिल्ला बिपद् ब्यवस्थापन समिति मुगुका संयोजक प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताएका छन ।

कोरोना पोजेटिभ देखिनेमा मुगु जिल्ला खत्याड गाँउपालिका वडा नम्बर ११ का २६ बर्षका पुरुष रहेका छन । उनीसंगै मोटर साईकलमा काठमाडौबाट आएकी श्रीमतिलाई  भने नेगेटीभ रिपोट आएको  छ । अर्को कोरोना देखिएका सोही गाँउपालीका वडा नम्बर ७ बस्ने ३६ बर्षका स्थानिय हुन्, उनि लामो समयदेखि गाँउमा बस्दै आएको जानकारी रहेको छ । अब चाड-बाड नजिकै आउन लागेका छन्, जिल्ला बाहिर रहेका आफन्तहरु घर आउन लागेका छन्, झन कोरोनाको जोखिम बढ्न सक्ने छ । नियमित रुपमा साबुनपानीले हात-मुख धुने, नियमित सरसफाई गर्ने अनिवार्य रुपमा माक्स प्रयोग गर्ने, भिडभाड नगर्ने, सेनिटाईजर प्रयोग गर्ने, यदी कानुन बिपरित कार्य गर्नेलाई कारवाई समेत गर्ने प्रजिअ निरौलाले बताएका छन ।

कोरोना पोजेटिभ देखिएका दुबै जनालाई खत्याड गाँउपालिका रातापानिमा  रहेको आईसोलेशनमा राखिएको संक्रमितसंग सम्पर्कमा आएकाहरुको संम्पर्क गरि पिसिआर टेस्ट गर्न समेत लगाईएको  जिल्ला प्रशासन कार्यालय मुगुले जानकारी गराएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ