दान बहादुर बुढा | असोज १५, मुगु | बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ केही दिनदेखी मुक्त भएको मुगु जिल्लामा पुर्न खत्याड गाँउपालिकामा दुई जनामा थप कोरोना पोजेटिभ देखिएको छ ।

खत्याड गाँउपालिकाको स्वास्थ्य शाखाले मिति २०७७असोज ८ गते संकलन गरिएको १८जना स्थानिय बासिहरुको पिसिआर संकलन गरि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा परिक्षण गर्दा २ जनामा पोजेटिभ देखिएको र १६ जनाको नेगेटिभ रिपोर्ट आए जिल्ला बिपद् ब्यवस्थापन समिति मुगुका संयोजक प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताएका छन ।

कोरोना पोजेटिभ देखिनेमा मुगु जिल्ला खत्याड गाँउपालिका वडा नम्बर ११ का २६ बर्षका पुरुष रहेका छन । उनीसंगै मोटर साईकलमा काठमाडौबाट आएकी श्रीमतिलाई भने नेगेटीभ रिपोट आएको छ । अर्को कोरोना देखिएका सोही गाँउपालीका वडा नम्बर ७ बस्ने ३६ बर्षका स्थानिय हुन्, उनि लामो समयदेखि गाँउमा बस्दै आएको जानकारी रहेको छ । अब चाड-बाड नजिकै आउन लागेका छन्, जिल्ला बाहिर रहेका आफन्तहरु घर आउन लागेका छन्, झन कोरोनाको जोखिम बढ्न सक्ने छ । नियमित रुपमा साबुनपानीले हात-मुख धुने, नियमित सरसफाई गर्ने अनिवार्य रुपमा माक्स प्रयोग गर्ने, भिडभाड नगर्ने, सेनिटाईजर प्रयोग गर्ने, यदी कानुन बिपरित कार्य गर्नेलाई कारवाई समेत गर्ने प्रजिअ निरौलाले बताएका छन ।

कोरोना पोजेटिभ देखिएका दुबै जनालाई खत्याड गाँउपालिका रातापानिमा रहेको आईसोलेशनमा राखिएको संक्रमितसंग सम्पर्कमा आएकाहरुको संम्पर्क गरि पिसिआर टेस्ट गर्न समेत लगाईएको जिल्ला प्रशासन कार्यालय मुगुले जानकारी गराएको छ ।

मुगुको खत्याड गाँउपालिकामा २ जनामा कोरोना पोजेटिभ देखियो
Leave a Comment