साउन १४, मोरङ । विराटनगरको पुष्पलाल–भट्टा चौकसम्मको सडकखण्डमा निमार्ण भएको सडक तीन महिना नपुग्दै भत्किन थालेको छ । 

एसियाली विकास बैंक (एडिबी) को सहयोगमा निर्माण भएको उक्त सडक निर्माण सम्पन्न भएको तीन महिना बित्न नपाउँदै भत्किएको हो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, मोरङ । विराटनगरको पुष्पलाल–भट्टा चौकसम्मको सडकखण्डमा निमार्ण भएको सडक तीन महिना नपुग्दै भत्किन थालेको छ । 

एसियाली विकास बैंक (एडिबी) को सहयोगमा निर्माण भएको उक्त सडक निर्माण सम्पन्न भएको तीन महिना बित्न नपाउँदै भत्किएको हो"/>

2026-09-18 10:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

एसियाली विकास बैंकको सहयोगमा निर्माण भएको सडक तीन महिना मै भत्कियो

साउन १४, मोरङ । विराटनगरको पुष्पलाल–भट्टा चौकसम्मको सडकखण्डमा निमार्ण भएको सडक तीन महिना नपुग्दै भत्किन थालेको छ । 

एसियाली विकास बैंक (एडिबी) को सहयोगमा निर्माण भएको उक्त सडक निर्माण सम्पन्न भएको तीन महिना बित्न नपाउँदै भत्किएको हो । कमसल निर्माण सामग्री प्रयोग गरेकै कारण सडक भत्किएको विराटनगरको संयुक्त टोल समन्वय समितिका संयोजक राजेश मास्केले बताए । 

एडिबीको रु दुई अर्ब ४२ करोड अनुदानमा विराटनगरमा एकीकृत सहरी वातावरणीय सुधार परियोजनाअन्तर्गत कालिका कन्ट्रक्सनले उक्त सडक निर्माण गरेको थियो । सडक भत्किदै गएपछि स्थानीयबासिन्दा आक्रोशित भएका छन् । 

विराटनगर उपमहानगरपालिकाले राम्रोसँग सुपरिवेक्षण नगरेको भन्दै स्थानीयबासिन्दाले आलोचना गरेका छन् । उपमहानगरपालिका क्षेत्रको ढल र पानी निकासका लागि सुरु गरिएको उक्त परियोजनाअन्तर्गत पुष्पलाल चोकदेखि पानीट्याङ्कीसम्मको तीन किलोमिटर सडक, नगरक्षेत्रका मुख्य सडक क्षेत्रमा नाला तथा ढल निर्माण, जतुवा र रानीमा ढलको पानी प्रशोधन गर्ने केन्द्र निर्माणलगायत कामहरु भइरहेका छन् । नगरका विभिन्न भागमा राखिएका ह्युम पाइप भासिएका छन् भने कतिपय स्थानमा सडक भत्कन थालेका छन । 

एडिबीको ऋण सहयोगमा नेपाल सरकार र विराटनगर उपमहानगरपालिकाको आन्तरिक स्रोतसमेत गरी परियोजनाअन्तर्गत ६५ किमी सडक सुधार, ६२ किमीमा ढल निर्माण र ३२ किमी नाला निर्माण गरिँदैछ । 

सहरी विकास महाशाखा प्रमुख भरत न्यौपानेले केही प्राविधिक त्रुटि भएकाकारण सडक भत्किन पुगेको बताउनुभयो । तीन महिना अघिमात्र २५ एमएमको कालोपत्र गरिएको पुष्पलालचोक–भट्टाचोक झन्डै चार किमी सडकका दर्जनौँ स्थानमा प्वाल परेको, भासिएको पाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई