Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

त्रिशुलीमा ट्रक खस्दा तीन घाइते

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज १७, मुग्लिन । त्रिशुली  नदीमा ट्रक खस्दा तीन  जना  घाइते  भएका  छन् ।  पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै  भैरहवाबाट काठमाण्डौ जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक आज बिहान ५ बजे  ८० फिट तल त्रिशुली  नदी किनारमा खसेको हो । ट्रकको आधा भाग  डुबेको अवस्थामा छ ।

दुर्घटनामा परी घाइेत हुनेमा  ट्रक चालक गल्छी–७ धादिङ्ग बस्ने वर्ष २८ का रोहित तामाङ, ट्रकमा सवार सोही ठाउ बस्ने वर्ष १९ का रामकुमार लालचन र अर्का सोही ठाउका वर्ष २३ का राजन भन्ने अर्जुन रुम्बा रहेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । इलाका प्रहरी कार्यालय  मुग्लिन र सशस्त्र प्रहरी बल  विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको टोलीले घाइतेहरुको उद्धार गरी उपचारको लागि  धादिङको गजुरी अस्पताल पठाएको  ट्राफिक प्रहरी कार्यालय  मुग्लिनले जनाएको छ । रासस