२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुदूरपहाडमा नियमित उडान हुन्छः मन्त्री भट्टराई

२०७७, १७ आश्विन शनिबार १५:२७

असोज १७, बैतडी (रासस) । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सुदूरपश्चिमका पहाडी जिल्लामा नियमित उडान हुने बताउनुभएको छ ।  

विमानस्थल निरीक्षण तथा उडान परीक्षणका क्रममा बैतडीको पाटन विमानस्थलमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “ नियमित उडानका लागि केही दिनमै तालिका सार्वजनिक गर्छौ ।” 

मन्त्री भट्टराईले टर्मिनल भवन, टावरलगायत अन्य भौतिक संरचनाको काम सम्पन्न भएपछि विमानस्थल नियमित रुपमा सञ्चालनमा आउनेछन् भन्दै बैतडीसहित सुदूरपश्चिम पर्यटकीय  हिसाबले महत्वपूर्ण गन्तव्य रहेकाले यहाँका विमानस्थलहरु नियमित सञ्चालनमा ल्याउन सके यस क्षेत्रको आर्थिक सम्वृद्धि हुने बताउनुभयो । उहाँले भन्नुुभयो, “पर्यटन प्रर्वद्धनका लागि तीन वटै तहका सरकारको समन्वय  सहकार्य आवश्यक पर्छ ।”

मन्त्री भट्टराईले बैतडीको पताल भुवनेश्वर गुफालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिदैं अबको बाटो विकास र आर्थिक क्रान्तिको हो, यसमा सबैको साथ र सहयोग आवश्यक छ भन्नुभयो । 

प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीले सरकारले जनआकांक्षा अनुसार काम गरिरहेको उल्लेख गर्दै मुलुक अब समृद्ध बन्नेतर्फ अगाडि बढेको बताउनुभयो । 

यसैबीच मन्त्री भट्टराईले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विमानस्थलको  आज निरीक्षण गर्नभएको छ ।  उहाँले बैतडीको पाटन, बझाङको चैनपुर र डोटीको दीपायल विमानस्थलको निरीक्षण गर्नुभएको हो । 

समिट एयरले आज धनगढीबाट डोटी, बझाङ र बैतडीमा परीक्षण उडान गरेको थियो । धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाका अनुसार   परीक्षण उडान सफल भए विमान कम्पनीलाई धनगढीलाई बेस बनाएर पहाडी जिल्लामा नियमित उडान शुरु गर्न आह्वान गरिनेछ । उहाँले भन्नुभयो, “ विमानस्थल सञ्चालन गर्न ठिक छ भन्ने परीक्षण उडानको रिपोर्ट आएपछि आह्वान गर्छौ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी