२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुदूरपहाडमा नियमित उडान हुन्छः मन्त्री भट्टराई

१७ आश्विन २०७७, शनिबार १५:२७

असोज १७, बैतडी (रासस) । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सुदूरपश्चिमका पहाडी जिल्लामा नियमित उडान हुने बताउनुभएको छ ।  

विमानस्थल निरीक्षण तथा उडान परीक्षणका क्रममा बैतडीको पाटन विमानस्थलमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “ नियमित उडानका लागि केही दिनमै तालिका सार्वजनिक गर्छौ ।” 

मन्त्री भट्टराईले टर्मिनल भवन, टावरलगायत अन्य भौतिक संरचनाको काम सम्पन्न भएपछि विमानस्थल नियमित रुपमा सञ्चालनमा आउनेछन् भन्दै बैतडीसहित सुदूरपश्चिम पर्यटकीय  हिसाबले महत्वपूर्ण गन्तव्य रहेकाले यहाँका विमानस्थलहरु नियमित सञ्चालनमा ल्याउन सके यस क्षेत्रको आर्थिक सम्वृद्धि हुने बताउनुभयो । उहाँले भन्नुुभयो, “पर्यटन प्रर्वद्धनका लागि तीन वटै तहका सरकारको समन्वय  सहकार्य आवश्यक पर्छ ।”

मन्त्री भट्टराईले बैतडीको पताल भुवनेश्वर गुफालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिदैं अबको बाटो विकास र आर्थिक क्रान्तिको हो, यसमा सबैको साथ र सहयोग आवश्यक छ भन्नुभयो । 

प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीले सरकारले जनआकांक्षा अनुसार काम गरिरहेको उल्लेख गर्दै मुलुक अब समृद्ध बन्नेतर्फ अगाडि बढेको बताउनुभयो । 

यसैबीच मन्त्री भट्टराईले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विमानस्थलको  आज निरीक्षण गर्नभएको छ ।  उहाँले बैतडीको पाटन, बझाङको चैनपुर र डोटीको दीपायल विमानस्थलको निरीक्षण गर्नुभएको हो । 

समिट एयरले आज धनगढीबाट डोटी, बझाङ र बैतडीमा परीक्षण उडान गरेको थियो । धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाका अनुसार   परीक्षण उडान सफल भए विमान कम्पनीलाई धनगढीलाई बेस बनाएर पहाडी जिल्लामा नियमित उडान शुरु गर्न आह्वान गरिनेछ । उहाँले भन्नुभयो, “ विमानस्थल सञ्चालन गर्न ठिक छ भन्ने परीक्षण उडानको रिपोर्ट आएपछि आह्वान गर्छौ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली