३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुर कारागारमा उच्च सतर्कता

१८ आश्विन २०७७, आईतवार ०३:५०

असोज १८, रत्ननगर | कोरोना भाइरसलाई मध्यनजर राख्दै भरतपुर कारागारमा उच्च सतर्कता अपनाइएको छ । क्षमताभन्दा दोब्बर बढी कैदी तथा थुनुवा रहेको र यहाँ कोरोना भाइरसको सङ्क्रमण हुन नदिन उच्च सतर्कता अपनाएको हो । चैत ११ गते सरकारले लकडाउन घोषणा गरेसँगै कारागारले कैदी तथा थुनुवाका आफन्तलाई भेटघाट बन्द गरेको छ ।

कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले कैदी तथा थुनुवाका लागि आफन्तले ल्याएको सर–सामान पनि फिर्ता पठाइएको बताउनुभयो । “आफन्तले ल्याएको पैसालाई स्यानिटाइज गरी पुर्याउने व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो, “कैदी तथा थुनुवाबीच सामाजिक दूरी कायम गराउन गाह्रो छ । बाहिराबाटै चेन ब्रेक गर्न सावधानी मिलाएका छौँ ।”

प्रमुख काफ्लेका अनुसार अन्य कुनै रोगको सङ्क्रमण हुन नदिन माछा, मासु खान पनि बन्द गरिएको छ । कारागारभित्रकालाई हालसम्म कोरोना देखिएको छैन । कैदी तथा थुनुवाको खानपानामा ध्यान दिइएकाले जटिल स्वास्थ्य समस्या नदेखिएको उहाँको भनाइ छ ।

नयाँ आउने बन्दीलाई छुट्टै ब्लकमा दुई हप्ता अलग राख्ने व्यवस्था मिलाइएको बताउनुभयो । उहाँका अनुसार सम्भावित जोखिमलाई हेरेर आइसोलेसन ब्लकसमेत बनाउने तयारी छ । करिब ३० श्ययाको आइसोलेसनकक्ष बनाउनेबारे छलफल भइरहेको बताउनुभयो । “अहिलेसम्म भित्र कोरोना सङ्क्रमण भेटिएको छैन र हामी उच्च सतर्क छौँ”, उहाँले भन्नुभयो, “बेलाबखत केहीको पिसीआर परीक्षण गराएका छौँ, सङ्क्रमण देखिहाले फैलिन नदिन आवश्यक पूर्वतयारी गरिसकेका छौँ ।”

कारागारभित्र २०० बढी दीर्घरोगी

कारागार कार्यालय चितवनमा २०० बढी कैदीबन्दीले नियमित औषधि लिने गरेका छन् । नियमित औषधि लिनेको सङ्ख्या २१२ छ । उच्च रक्तचापका ७८, मधुमेहका ७२, पायल्सका १८, बाथरोगका १५, थाइराइडका १० जना बिरामी छन् । यस्तै मुटुरोगका छ, मानसिक रोगका पाँच, एचआइभीका तीन, क्षारे र क्षयरोगीका दुई–दुई, कुष्ठरोगी एक जना छन् । विषेशज्ञबाट सुझाव दिएका औषधि सहजरूपमा उपलब्ध गराउने व्यवस्था पनि मिलाइएको छ ।

“बिरामी धेरै भए पनि जटिल अवस्थाका कम छन्”, प्रमुख काफ्लेले भन्नुभयो, “बिरामीलाई छुट्टै ब्लकमा राखेका छौँ, नियमित जाँच तथा उपचारको सुविधा दिएका छौँ ।” पछिल्लो समय जिल्लामा सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै गएको देखिएपछि भरतपुर कारागार सबैभन्दा बढी जोखिम क्षेत्र बनेको छ । हाल कारागारमा कैदी तथा थुनुवा गरी ६८० जना छन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली