२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङमा ४४ प्रतिशत मुद्दा फर्छ्यौट

२०७७, १८ आश्विन आईतवार ११:४९

असोज १८, विराटनगर  । बन्दाबन्दीको अवस्था रहेर पनि  एक वर्षका अवधिमा जिल्ला अदालत मोरङले ४३ दशमलव छ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । आर्थिक वर्ष २०७६ । ७७ मा तीन हजार आठ नयाँ मुद्दा  दर्ता भएको थियो । आव २०७५ । ६६ देखि जिम्मेवारी सरी आएका दुई हजार ३३ मुद्दा गरी पाँच हजार ४१ मुद्दामध्ये अदालतले दुई हजार ३५१ मुद्दा फर्छ्यौट गरेको सूचना अधिकारी युवराज पौडेलले जानकारी दिनुभयो ।

फर्छ्यौट भएका मुद्दा जिम्मेवारी सरी आएका मुद्दामध्ये ६० दशमलव तीन प्रतिशत र नयाँ दर्ता तीन हजार आठमध्ये एक हजार ५०० मुद्दा फर्छ्यौट लक्ष्य रहेकामा एक हजार १२५ मुद्दा फर्छ्यौट भई ७४ दशमलव आठ प्रतिशत फर्छ्यौट भएको जनाइएको छ । 

गत आवमा फर्छ्यौट भएका दुनियाँवादी देवानी तथा पारिवारिक विवादमा विवाह, सम्बन्धबिच्छेद, मातृत्व वा पितृत्व ,अंशबण्डा, अपुताली र सम्पत्तिसम्बन्धी छन् । करार तथा अन्य दायित्व, भूमि र  विविध देवानी पनि छन् ।

यसैगरी सरकारवादी देवानी, हातहतियार तथा खरखजना, विष्फोटक पदार्थ, भेदभाव तथा अपमानजन्य व्यवहार, विवाह, ज्यान, कुटपिट वा अङ्भङ्ग आदिसम्बन्धी फछ्र्याेट भएका छन् । सो अवधिमा अदालतले रु आठ तीन लाख ९० हजार जरिवाना असूल गरी ७०७ वर्ष सात महिना २७ दिन कैद भुक्तान गराएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते