Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भोजपुरमा रङ्गशाला निर्माण जारी

२०७७, १९ आश्विन सोमबार ०४:२९

असोज १९, भोजपुर । प्रदेश नं १ सरकारको प्राथमिकतामा रहेको भोजपुर रङ्गशाला निर्माणको काम ४० प्रतिशत सम्पन्न भएको छ । वर्षात् तथा लकडाउनमा समेत निरन्तरता दिएकाले कामले गति लिएको हो । सदरमुकाम नजिकै रहेको कोदारमा शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको रु १४ करोड पाँच लाख लागतमा गत मङ्सिर महिनाबाट रङ्गशालाको निर्माण शुरु भएको हो । विसं २०८० सम्म निर्माण अवधि भए पनि सरकारले समयमा बजेट दिएमा सम्झौताअघि नै काम सम्पन्न गर्ने निर्माण कम्पनी रायामाझी, मार्सेली जेभीले जिकिर गरेको छ ।

मार्सेली निर्माण कम्पनीका प्रमुख श्याम श्रेष्ठले भन्नुभयो, “लकडाउनमा चार महिना हामीले काम गर्न पाएनाँै, त्यसपछि हामीले तीव्रगतिमा सञ्चालन गरिरहेका छौँ । सरकारले समयमा बजेट पठाउन सक्यो भने चालू आर्थिक वर्षको असार महिनासम्म निर्माण पूरा गर्छौँ ।”

हालसम्म कार्यालय भवन, फाउण्डेशन लगाउनेलगायत स्ट्रक्चरको काम ६० प्रतिशत बढी सकिएको छ भने प्यारापिट, बनाउने, रिटेनिङवाल लगाउनेलगायतका काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । तेइस रोपनी क्षेत्रमा निर्माण भइरहेको रङ्गशालामा पाँच हजार मानिस अट्न सक्ने गरी सात प्यारापिट निर्माण हुने कार्यालयले जनाएको छ ।  शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाले समेत अनुगमन गर्दै आएको छ । यो विषम परिस्थितिमा पनि कामको प्रगति राम्रो पाइएको कार्यालयले जनाएको छ ।

शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाका प्रमुख मिलन आचर्यले भन्नुभयो, “निर्माणस्थलमा भइरहेको काम हेर्दा तीव्रगतिमा गुणस्तरीय ढङ्गबाट भइरहेको छ । निर्माण कम्पनीले समयमा बजेटको व्यवस्था भएमा तोकिएको अवधिभन्दा अगाडि नै काम सक्छु भनेका छन्, तर कोभिडका कारण बजेट पठाउन केही समस्या देखिएको छ, यद्यपि सरकारले यस्ता काम बजेटको कारण अलपत्र बनाउँदैन ।”

अनुगमनको क्रममा ४० प्रतिशत बढी काम सकिएको पाइएको उहाँले बताउनुभयो । कोभिडका कारण  निर्माण कम्पनीलाई हालसम्म कुनै पनि भुक्तानी दिन नसकेको समेत जानकारी दिनुभयो । “उहाँले काम निरन्तर गरिरहनुभएको छ, कोभिडका कारण हामीले हालसम्म कुनै पनि भुक्तानी दिएका छैनाँै, तर पनि उहाँले काम निरन्तर गरिरहनुभएको छ, यो खुशीको कुरा हो, हामी पनि समय अगाडि नै सक्नका लागि उहाँलाई बजेट दिनेमा सकारात्मक छौँ”, प्रमुख आचार्यले भन्नुभयो ।

 कामलाई गुणस्तरिय बनाउनका लागि इञ्जीनियरहरुले नियमितरूपमा अनुगमन तथा जाँचसमेत गर्दै आएका छन् । निर्माणमा प्रयोग भएका सामग्री मापदण्डअनुसारको रहेको शहरी विकास तथा भवन निर्माण कार्यालयका इञ्जीनियर रजनिशकुमार झाले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले कार्यालयको तर्फबाट नियमित अनुगमन गरिरहेका छौँ, निर्माणकार्य गुणस्तरीय तवरबाट तोकिएको मापदण्डअनुसार नै भएको छ, कामको गुणस्तरमा कुनै प्रश्न गर्ने ठाउँ छैन ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै