२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सडक कालोपत्र गर्न ढल व्यवस्थापनको काम हुँदै

२०७७, १९ आश्विन सोमबार ०९:०९

असोज १९, ललितपुर । सातदोबाटो–गोदावरी सडकखण्डअन्तर्गत हरिसिद्धिको मूल सडकमा ढल व्यवस्थापनको काम भइरहेको छ । लामो समयदेखि अस्तव्यस्त र भद्रगोल सडकलाई व्यवस्थित बनाएर कालोपत्र गर्न सो खण्डमा उक्त काम धमाधम अघि बढेको हो । 

गोदावरी नगरपालिका–१४ ठैव सिमानादेखि ललितपुर महानगरपालिका–२९ हात्ती वनसम्मको सडकमा आकाशे पानीका साथै नाली निकास गर्ने ढल र पाइप हाल्ने काम भइरहेको वडा नं २९ का वडाध्यक्ष गणेशकुमार महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “यस सडकखण्डमा आकाशको पानी पठाउने ठाउँ नहुँदा बढ्दै गएका खाल्डाखुल्डी र हिलोले कयौँ मोटरसाइकल लडेर दुर्घटना हुनेगथ्र्यो, अव्यवस्थित सडकलाई सुधार गरेर जनताको स्वास्थ्यलाई धुलोबाट पनि जोगाउन हामी लागि परेका छाँै ।” सो सडक मर्मतको काम सकिएसँगै तत्काल यथास्थितिमै कालोपत्र गरिने महर्जनले जानकारी गराउनुभयो । 

उक्त खण्डको खाली जग्गामा पर्खाल लगाएर हरिसिद्धिदेखि गोदावरीसम्ममै सडक अब कालोपत्रको काम अघि बढिरहेको वडा नं २८ का वडाध्यक्ष राजेश महर्जनको भनाइ छ । उहाँले भन्नुभयो, “यही असोज १५ गतेदेखि यस सडकखण्ड सुधारको काम अघि बढेसँगै दैनिक यात्रा गर्ने वडा नं– १ गोदामचौर, नं २ विशङ्ख, नं ३ साविकको गोदावरी, नं बडिखेल, नं ५ लेले र नं १४ बाडेगाउँका वडावासीले वैकल्पिक मार्ग प्रयोग गरेर हामीलाई निकै सहयोग गरिरहनुभएको छ ।” उक्त सडकखण्डमा बिहान ६ः०० बजेदेखि राति ११ः०० बजेसम्म तीन चार डोजरका साथै कामदार खटिएर धमाधम आवश्यक काम गरिरहेका उहाँले बताउनुभयो । 

सो खण्ड भएर दैनिक यात्रा गर्ने जनताले वैकल्पिक मार्गका रुपमा ठैवचोकदेखि महालक्ष्मी नगरपालिकाको सानागाउँ अनि इमाडोल र हरिसिद्धि क्यान्सर अस्पताल पछाडिको मार्गका साथै चापागाउँ छिरेर धापाखेल निस्कने गरिरहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि