पढ्न करिब 3 मिनेट लाग्छ

दान बहादुर बुढा | असोज २०, मुगु | बिकट हिमाली जिल्ला मुगुमा कुनै बेला सिटामोल नपाएर छटपटि रहेका बिरामीहरुरलाई औषधी उपचार गर्न पछिल्लो समयमा सामान्य शल्यकृया गर्न देखी जटील समस्याका बिरामीलाई जुम्ला तथा अन्य सुविधा सम्पन्न अस्पतालहरुमा जानु पर्ने बाध्यताबाट मुगाली बासीहरुहरु मुक्त भएका छन् ।

मुगु जिल्ला अस्पतालमा विगत लामो समयदेखि विशषेज्ञ चिकित्सक नहुँदा मुगाालीहरु विरामी पर्दा कुनै शल्यकृया गर्नु परेमा कि त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला वा देशका अन्य सुविधा सम्पन्न अस्पतालमा रिफर हुदै आईरहेका थिए ।

हिजो-आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले विशषज्ञ सेवाका लागी मुगु जिल्ला अस्पतालमा एमडिजिवी डाक्टर सिदार्थ धोज खाति पठाएपछि जटिल अप्रेसन तथा विशषज्ञ सेवा जिल्ला अस्पताल बाट उपलब्ध हुने भएको छ । अब जिल्ला अस्पतालमा फेस्टुला, हाईडो्रसिल, हर्नियाँ, एपेन्डिसाईटिस, सिएस जस्ता अप्रेशन सेवा पनि सेवाहरु मुगु जिल्लाबाट सेवा उपलब्ध हुने छन्, जिल्ला अस्पताल कार्यालय मुगुका प्रमुख निर्मल नगरकोटीले बताउनु भएको छ । जिल्लामा विषेशज्ञ चिकित्सक नहुदा यी सेवा लिन महँगो खर्चमा जुम्ला, सुर्खेत, नेपालजंग, काठमाडौमा भारतको लखनउमा मुगालीहरु जाने गरेको सबै बाध्यता हटेको छ ।

जिल्ला अस्पताल मुगुको पहलमा कणाली प्रदेश सरकारको समन्वय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपलब्धतामा मुगु अस्पतालमा आउनुभएका एमडिजिपी डाक्टरले आन्द्रामा प्वाल परेका विरामीको आईतबार सफल अप्रेसन गर्नुभएको छ । लामो समयदेखि पेट दुख्ने पिडाबाट ग्रसित छायाँनाथ रारा नगरपालिका वडा नं ५ ढुम गाँउका ४५ बर्षिय स्थानिय सुरेन्द्र बहादुर बुढाको आन्द्रमा परेको प्वालको डाक्टर खाती र अन्य सहयोगीको सहयोगमा सफल अप्रेसन गर्नु भएको डाक्टर शुशिल मल्लले जानकारी गराउनु भयो ।

चेकजाँच पछि आन्द्रामा प्वाल परेको र आफुले अप्रेसन गर्ने बताएपछि नपत्ताएका विरामी तथा उनका आफन्तहरुले जिल्ला बाहिर रिफर गर्न दवाव लिएका थिए । अस्पतालका स्वास्थ्यकर्मी तथा अन्य चिकित्सकहरुले यो सेवा जिल्ला मै उपलब्ध रहेको र विशषज्ञ डाक्टर समेत भएको र केहि भए सबै जिम्मेवारी हामी लिन्छौ भनेर विश्वास दिलाएपछि बुढा अप्रेसनका लागी मन्जुर भएका थिए ।मुगु जिल्ला अस्पतालमा विशषज्ञ डाक्टर नहुदा सानो अपे्रसन गर्नु परेपनि जिल्ला बाहिरका अन्य अस्पतालमा रिफर हुनु पर्ने अवस्था थियो ।

गरिवीताका कारण मुगालीहरु सानो खर्चको उपचार गर्न ठुलो यातायात र बास खर्च गरेर सुविधा सम्पन्न अस्पतालमा जाने गदर्थे ।आन्द्राको प्वालको जस्तो जटिल अप्रेसन पनि मुगुमा होला भनेर विश्वास सै गरेका थिएनौ यहि अप्रेसन गर्न लाखौ खर्च गर्नु पथ्यो ऋण लाग्थ्यो तर निशुल्कमा जिल्ला अस्पतालमा अपे्रसन भयो,हामो्र लागी त भगवान नै मुगुमा आए जस्तो भयो विरामी बुढाले बताउनु भयो ।सामान्य विरामी चेकजाँच र अप्रेसन जिल्ला अस्पतालमा हुने गरेपनि यस्तो खालको अप्रेसन जिल्ला मै पहिलो चोटी भएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीले बताउनु भयो । विशेषज्ञ डाक्टर आएपछि हामीले मुख्य गरेर फेस्टुला लगायत अन्य जटिल अपे्रसनका सेवा जिल्ला मै दिन सक्ने भएका छौ र अन्य सेवाका लागी पनि विशेषज्ञ चिकित्सनहरु जिल्लामा पठाई दिन प्रदेश सरकारसंग माग गदै आएको पनि कार्यालय प्रमुख डाक्टर नगरकोटीले बताउनु भयो ।