२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कृषि विकास बैंक ह्याकिङ प्रकरण : फरार भारतीय व्यापारी पक्राउ

२० आश्विन २०७७, मंगलवार १०:५७

असोज २०, महेन्द्रनगर । कृषि विकास बैंकको सिस्टम ह्याकिङ प्रकरणका फरार एक अभियुक्त पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा भारतीय व्यापारी सुशील गर्ग रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार विभिन्न व्यक्तिको खातामा रकम रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानि–नोक्सानी पुर्याउँदै आएका भारत उत्तराखण्ड चम्पावत जिल्ला बनवासाका ५५ वर्षीय व्यापारी सुशील गर्गलाई नेपाल–भारत सीमा क्षेत्र कञ्चनपुरको भिमदत्त नगरपालिका–१० स्थित गड्डाचौकीबाट प्रक्राउ गरिएको छ । 

“अभियुक्त गर्गलाई थप कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाएका छौँ”, उहाँले भन्नुभयो, “उक्त सङ्गठित अपराध मुद्दा पनि टेकुबाटै चलेको थियो ।” उक्त मुद्दामा कृषि विकास बैंक मुख्य कार्यालयका तर्फबाट कानून विभागको कामु शाखाप्रमुख देवीप्रसाद पोखरेलले जाहेरी दिएका थिए । उक्त मुद्दामा अझै केही व्यक्तिहरु फरार रहेको प्रहरीको भनाइ छ । गर्गलाई जिल्ला प्रहरी कार्यालयले कारबाहीका लागि काठमाडौँ पठाइसकेको छ ।

अभियुक्त गर्गको महेन्द्रनगर साइनो

सीमावर्ती भारतीय बजार बनबासामा जुत्ता÷चप्पलका थोक बिक्रेता सुशील गर्गको व्यापार कञ्चनपुरको महेन्द्रनगरसम्म विस्तार थियो । उनी महेन्द्रनगरका व्यापारीलाई सामान दिएर पैसा सङ्कलन गर्न यहाँ आवतजावतसमेत गर्ने गरेको यहाँका व्यापारीहरुको भनाइ छ ।

गत वर्ष अभियुक्त गर्गले लामो समयदेखि चिनजान भएका भीमदत्त नगरपालिका–६ बैजनाथ टोलका व्यापारी यज्ञराज भट्टलाई फसाएर पैसा असुल्ने षडयन्त्र बनाए । महेन्द्रनगरका व्यापारी भट्ट यतिबेला सोही सङ्गठित अपराध मुद्दामा आरोपित भई केन्द्रीय कारागार काठमाडौँमा पुर्पक्षका लागि जेलजीवन बिताइरहेका छन् । 

गर्ग पक्राउ परेपछि राससको सम्र्पकमा आएका भट्टका भाइ ललितप्रसाद भट्टले दाजुले अनावश्यक दुःख पाउँदा परिवारको बिचल्ली भएको बताउनुभयो । “पक्राउ परेका गर्गका भतिजा अन्नु गर्गसित दाइको चिनजान थियो, सोही आधारमा गर्गले दाइलाई साथीले पैसा पठाउँदैछ भनेर कृषि विकास बैंकको खाता नम्बर मागे”, ललितले भन्नुभयो, “विश्वासले दाइले कृषि विकास बैंकमा भएको खाता नम्बर दिए र रु ४५ लाख पैसा आयो ।”

सो रकम गर्ग काका/भतिजा (सुशील र अन्नु) ले पटक–पटक बैंकबाट झिकेर लगेको भट्टको भनाइ छ । “हाम्रो कृषिमा ऋण कारोबार रहेकाले खाता थियो”, उहाँले भन्नुभयो, “दाइको विश्वासले खाता नम्बर दिनाका साथै उक्त खातामा आएको पैसासमेत झिकेर दिएपछि थाहा भयो त्यो विद्युतीय माध्यमको दुरुपयोग गरी पैसा निकालिएको रहेछ भनेर ।”

प्रहरीका अनुसार फरार रहेका सुशीलसँगै उनका भतिजा अन्नुसमेत अहिले फरार सूचीमा छन् । “गर्गले साथीले पैसा पठाउनुपर्ने मेरो यहाँ खाता छैन भनेपछि दाइ विश्वासमा पर्नु भयो”, भट्टले भन्नुभयो, “चिनजान लामो भए पनि विश्वास गर्नु रहेनछ ।” रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य