2026-07-10 03:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भालुवाङले प्रदेशको साझा प्रतिनिधित्व गर्छ: मुख्यमन्त्री

असोज २०, बुटवल | प्रदेश नं ५ का मुख्यमन्त्री पोखरेलले प्रदेशको प्रस्तावित राजधानी अर्घाखाँची र दाङ क्षेत्रलाई समेटेर प्रस्तावित भालुवाङ क्षेत्रले सिङ्गो प्रदेशको साझा मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने बताउनुभएको छ । प्रदेशसभाको आजको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले सरकारले प्रस्ताव गरेको राजधानी दाङ जिल्ला मात्रै नभएर लुम्बिनी र राप्ती अञ्चलको मनोविज्ञानलाई जोड्ने स्थानमा प्रस्ताव गरिएको स्पष्ट पार्नुभयो । प्रदेशको राजधानी प्रस्तावित क्षेत्र राप्ती नदीले चर्चेको किनारले साबिक लुम्बिनी र राप्ती अञ्चल छोएको जानकारी दिँदै भन्नुभयो, “यसले भेरीका बाँके र बर्दियाको मनोभाव र विकासलाई समेत समेट्छ ।”

मुख्यमन्त्री पोखरेलले सरकारले प्रस्ताव गरेको राजधानी र नामकरणको प्रस्ताव संसद्ले गठन गरेको विशेष समितिको सिफारिसकै आधारमा गरिएको समेत स्पष्ट पार्नुभयो । उहाँले प्रदेशका १२ जिल्लाका जनताको विकास र समृद्धिको चाहनाअनुरुप सरकारले प्रस्ताव ल्याएको समेत बताउनुभयो । मुख्यमन्त्री पोखरेलले कहाँ राजधानी बनाउने होइन कस्तो राजधानी बनाउने भन्ने कुरामा आधारमा राजधानीको प्रस्ताव गरिएको बताउँदै भन्नुभयो, “प्रदेश ५ समृद्ध बनाउन सक्दा मुलुक नै समृद्ध बन्ने छ ।”

मुख्यमन्त्री पोखरेलले नमूना व्यवस्थित शहर बनाउने योजनाअनुसार प्रदेश राजधानी तोकिएको बताउनुभयो । “सुदूरपश्चिम प्रदेशमा बाहेक अन्य प्रदेशमा अहिले प्रदेश राजधानीका संरचना निर्माण गर्ने पर्याप्त जग्गा नपाएको गुनासा सुन्न पाइन्छ”, उहाँले भन्नुभयो, “प्रदेश नं ५ मा आगामी दुई वर्षभित्र प्रस्तावित राजधानीको क्षेत्रमा राजधानी तोक्नका लागि तोक्ने र त्यसपछि सुतेर बस्ने हैन काम गर्नेछौँ ।” 

उहाँले आफूलाई प्रदेश राजधानी आफ्नो ठाउँमा लग्यो भन्ने आरोपको खण्डन गर्नुहुँदै भन्नुभयो, “मुख्यमन्त्रीको गाउँबाट भालुवाङ पुग्न र बुटवलबाट भालुवाङ पुग्न पनि उत्तिकै समय लाग्छ, मैले मेरो होइन प्रदेशको स्वार्थ हेरेको हुँ ।” उहाँले राजधानी सारिएकामा लुम्बिनी क्षेत्रका जनताले मन दुखाउनुपर्ने आवश्यकता नरहेको बताउँदै रुपन्देही, कपिलवस्तु र नवलपरासी क्षेत्रलाई समेटेर पर्यटकीय र सांस्कृतिक राजधानीका रुपमा अगाडि बढाउने प्रदेश सरकारको योजना रहेको स्पष्ट पार्नुभयो । 

“राजधानी सरेकामा यस क्षेत्रका कसैले पनि मन दुखाउनुपर्ने म मान्दिनँ, लुम्बिनी क्षेत्र ६ जिल्लाबाट विस्तार भएर अब प्रदेशका १२ जिल्लामा फैलिएको छ”, उहाँले भन्नुभयो, “जति क्षेत्र विस्तार हुन्छ, व्यापार व्यवसायका पनि विस्तार गर्न सकिन्छ, कसैले मन खुम्चाउनुपर्ने म ठान्दिनँ ।” उहाँले बुटवल भैरहवा औद्योगिक करिडोरको डिपिआर तयार भइसकेको जनाउँदै पोखरेलले लुम्बिनी अस्पताललाई नेपालकै नमूना अस्पताल बनाउने तयारीका साथ काम अघि बढेको सोत भएको जानकारी दिनुभयो । 

उहाँले रुपन्देहीकै सैनामैनामा नेपालकै ठूलो कृषि बजारको अवधारणा अगाडि बढाइएको, प्रदेशमा नेपालकै सबैभन्दा ठूलो चिडियाखाना बुटवलमा बनाउने र उजिरसिंह रङ्गशालाको निर्माणलगायत प्रदेशका गौरवका आयोजनासहित यस क्षेत्रको विकास गर्न सकिने बताउनुभयो । उहाँले अखण्ड लुम्बिनीका लागि बुटवलमा भएको आन्दोलनले मधेश र पहाड छुट्याएर प्रदेश बनाउने योजनालाई निस्तेज बनाएको समेत बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले बाँके र बर्दियाबाट हरित क्रान्तिको शुरुआत गर्ने सम्भावना रहेको उल्लेख गर्दै उहाँले राप्ती नदीको सिक्टा र भेरी बबई डाइभर्सनको काम पूरा हुँदा बाँके बर्दियालाई हरित क्रान्तिमा कसैले रोक्न नसक्ने स्पष्ट पार्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो