३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

३२० वर्ष बढी कैद भुक्तानी गर्न बाँकी

२० आश्विन २०७७, मंगलवार १२:०२

असोज २०, लमजुङ | जिल्ला प्रहरी कार्यालय लमजुङले फरार अपराधी पक्राउ गर्न सक्रियता देखाए पनि ३२० वर्ष ३ महिना १५ दिन कैद भुक्तानी गर्न बाँकी रहेको छ । 

जिल्ला अदालत लमजुङका अनुसार २०७७ भदौ महिनासम्म कैदतर्फ ३५६ वर्ष ११ महिना लगतमा उक्त कैद भुक्तानी गर्न बाँकी रहेको हो ।

जम्मा लगतमध्ये ३६ वर्ष ३ महिना १९ दिनको फछ्र्योट भएको अदातलतका स्रेस्तेदार उदयराज काफ्लेले बताउनुभयो । उक्त अवधिमा जरिवानाको लगत रु पाँच करोड ९९ लाख २० हजार ७७९ मध्ये पाँच करोड ९३ लाख ५० हजार ७२६ असुली गर्न बाँकी रहेको उहाँको भनाइ छ  । 

त्यस्तै, उक्त जरिवाना लगतमध्ये जम्मा रु पाँच लाख ७० हजार ५३ असुली भएको छ । पर्याप्त स्रोत, साधन, लकडाउनलगायत कारण कारण फरार व्यक्तिलाई पक्राउ गर्न असफल भएको जिल्ला अदालतले जनाएको छ । त्यस्तै, गत चैतदेखि अदालतको काममा प्रभाव परेका कारण लक्ष्य अनुसारको काम अदालतले गर्न नसकेको स्रेस्तेदार काफ्लेको भनाइ छ । केही दिनबाट मुद्दाका कामहरु अघि बढ्न थालेको र पहिलाको जस्तैगरी सम्पूर्ण काम अघि बढिरहेको अदालतले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली