2026-09-08 12:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

३२० वर्ष बढी कैद भुक्तानी गर्न बाँकी

असोज २०, लमजुङ | जिल्ला प्रहरी कार्यालय लमजुङले फरार अपराधी पक्राउ गर्न सक्रियता देखाए पनि ३२० वर्ष ३ महिना १५ दिन कैद भुक्तानी गर्न बाँकी रहेको छ । 

जिल्ला अदालत लमजुङका अनुसार २०७७ भदौ महिनासम्म कैदतर्फ ३५६ वर्ष ११ महिना लगतमा उक्त कैद भुक्तानी गर्न बाँकी रहेको हो ।

जम्मा लगतमध्ये ३६ वर्ष ३ महिना १९ दिनको फछ्र्योट भएको अदातलतका स्रेस्तेदार उदयराज काफ्लेले बताउनुभयो । उक्त अवधिमा जरिवानाको लगत रु पाँच करोड ९९ लाख २० हजार ७७९ मध्ये पाँच करोड ९३ लाख ५० हजार ७२६ असुली गर्न बाँकी रहेको उहाँको भनाइ छ  । 

त्यस्तै, उक्त जरिवाना लगतमध्ये जम्मा रु पाँच लाख ७० हजार ५३ असुली भएको छ । पर्याप्त स्रोत, साधन, लकडाउनलगायत कारण कारण फरार व्यक्तिलाई पक्राउ गर्न असफल भएको जिल्ला अदालतले जनाएको छ । त्यस्तै, गत चैतदेखि अदालतको काममा प्रभाव परेका कारण लक्ष्य अनुसारको काम अदालतले गर्न नसकेको स्रेस्तेदार काफ्लेको भनाइ छ । केही दिनबाट मुद्दाका कामहरु अघि बढ्न थालेको र पहिलाको जस्तैगरी सम्पूर्ण काम अघि बढिरहेको अदालतले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल