२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

साक्षरता दिवसमा दर्जन बढी सम्मानित

१७ भाद्र २०७२, बिहीबार ०८:५४
उत्कृष्ट
बाल क्लबका अध्यक्षतर्फ बालकल्याण बाल क्लबी अध्यक्ष मिक्सेन लावतीलाई सम्मानित गरिँदै । तस्वीरः देबु
बाँनिया

बालकल्याण बाल क्लबकी अध्यक्ष मिक्सेन लावतीलाई सम्मानित
गरिँदै । तस्वीरः देबु बाँनिया

भदौ १७,
इटाभट्टा (सास) ।
अन्तराष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा काँकरभिट्टा
स्रोत केन्द्रले बुधबार ३ दर्जन भन्दा बढी शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

किराँत याक्थुङ चुम्लुङको भवनमा आयोजित कार्यक्रममा २०७१ सालमा अवकाश
प्राप्त सहिद दसरथ चन्द उच्च माविका पुष्प बस्नेत, बिद्यालयका लिला निरौला, बालकल्याण माविका
बिष्णुनारायण श्रेष्ठ, धुलाबारी उच्च माविकी मनकुमारी पौडेल, मेची निमाविका रामबहादुर तामाङ, शिशु
साक्षर निमाविका चन्द्र सापकोटा, कबि शिरोमणी उच्च माविका चुडामणी रेग्मी र भगिरथ शर्मा सुवेदी,
ज्यामिरगढी माविका लिलादेवी भेट्वाल, स्वर्गीय चन्द्रप्रसाद केसी र स्वर्गीय ननितकुमार थापालाई सम्मान
गरिएको छ ।

त्यसैगरि खेलकुद क्षेत्रमा उत्कृष्ट कार्य गरे बापत
धुलाबारी उच्च माविका प्रधानाध्यापक रुद्र कुरुङवाङ, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबिक्रम
नेम्वाङलाई समेत सम्मान गरिएको छ ।

यसैगरी प्रावितर्फ उत्कृष्ट
शिक्षकमा बालकल्याण माविकी धनकुमारी लामा, कविशिरोमणी उमाविका नरबहादुर मगर, कुमार सुनुवार, अरनिको
प्रविका ईश्वरकुमार श्रेष्ठ, गणेश खनाल, रनबहादुर जोगी र दिपा लिम्बु, निमाबि तर्फका आदर्श उच्च माबिका
लम्बोदर पौडेल, बाल सुबोधिनि निमाविका मित्रलाल काफ्ले, ज्यामीरगढि माबिका गोपालबहादुर राउत, माबितर्फ
धुलाबारी उच्च माविका भानु बशिष्टलाई सम्मान गरिएको छ ।

त्यसैगरी
निजी विद्यालयतर्फ उत्कृष्ट संस्थापक प्रिन्सिपलमा कन्टभेन्ट बोर्डिङ स्कुलका प्रिन्सिपल बिक्रम
क्षेत्री सेन्टपल बोर्डिङ स्कुलका प्रिन्सिपल कुमारआलेमगर, सनसाइन बोडिङ स्कुलका खेमराज थाम्सुहाङ, लिटल
अक्सफेर्टका माविका इन्द्रबहादुर प्रधान र ज्ञानज्योती स्कुलका हरीचन्द्र श्रेष्ठ तथा शिक्षकतर्फ जयन्ति
शर्मा, जानुका थापा, केशरनारायाण श्रेष्ठ, ल्याङरक शेर्पा, खेम लिम्बुलाई सम्मान गरिएको छ ।

कार्यक्रमकैबीच २०७१ सालको एसएलसी परीक्षामा स्रोत केन्द्र उत्कृष्ट हुने
कवि शिरामणी उच्च माविकी युनिता दाहाल र स्वस्तिक सापकोटा कक्षा ८ मा उत्कृष्ट हुने काँकरभिट्टा उच्च
माविका निराजन सापकोटा र छात्रातर्फ बाल कल्याण माविकी निरमाया खड्का सम्मानित भएका छन् ।

त्यस्तै प्रतिभातर्फ नृत्यमा पुर्वाञ्चलमै प्रथम हुने सफल मेरी लिम्बु र
उत्कृष्ट बालक्लबका अध्यक्षतर्फ बालकल्याण बाल क्लबी अध्यक्ष मिक्सेन लावतीलाई सम्मान गरिएको थियो ।
उनिहरुलाई सम्मान–पत्र दोसल्ला र फूलअबिर सहित सम्मान गरिएको थियो ।

स्रोत केन्द्र प्राचार्य हेमकुमार खड्काको सभापतित्व कार्यक्तमका प्रमुख अतिथि जिल्ला शिक्षा
अधिकारी डिल्लीराम लुइँटेल, सहायक जिल्ला शिक्षा अधिकारी उद्धव विष्ट, शिक्षक महासंघका जिल्ला अध्यक्ष
तेजप्रसाद चौलगाई, एन प्याप्सन झापाका अध्यक्ष सञ्जिव राई, धुलाबारी उच्च माविका प्राचार्य रुद्ध
कुरुङमाङ, अध्यक्ष गणेशविक्रम नेम्बाङ, प्रधानाध्यापक रुद्ध कुरुङमाङ, एन प्याप्सन झापाकी कोषाध्यक्ष
अनिता थापा, विद्यालय निरिक्षक सुरेन्द्र दाहाल, प्याप्सन झापाका सल्लाहाकार हरि अधिकारी, बुधबारे स्रोत
केन्द्रका स्रोत व्यक्ति सूर्य सापकोटा, सम्मानित व्यक्ति मिक्सेन लावती, भगिरथ शर्मालगायतले बोलेका थिए

प्राचार्य हेमकुमार खड्काले स्वागत गरेको कार्यक्रमको सञ्चालन
स्रोत व्यक्ति लोकबहादुर दाहालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार