साउन १४, ललितपुर । बज्रबाराही नगरपालिकाभित्र कर लगाउने विषयमा आज वृहत छलफल गरिएको छ । 

नगरपालिकाद्वारा आयोजित उक्त कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, नागरिक वडामञ्चका संयोजक एवम् सदस्य, बुद्धिजीवी, पत्रकार, कर्मचारी, नगरवासीलगायतक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, ललितपुर । बज्रबाराही नगरपालिकाभित्र कर लगाउने विषयमा आज वृहत छलफल गरिएको छ । 

नगरपालिकाद्वारा आयोजित उक्त कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, नागरिक वडामञ्चका संयोजक एवम् सदस्य, बुद्धिजीवी, पत्रकार, कर्मचारी, नगरवासीलगायतक"/>

2026-09-08 12:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नगरपालिकाभित्र कर लगाउने विषयमा छलफल

साउन १४, ललितपुर । बज्रबाराही नगरपालिकाभित्र कर लगाउने विषयमा आज वृहत छलफल गरिएको छ । 

नगरपालिकाद्वारा आयोजित उक्त कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, नागरिक वडामञ्चका संयोजक एवम् सदस्य, बुद्धिजीवी, पत्रकार, कर्मचारी, नगरवासीलगायतको उपस्थिति रहेको कार्यकारी अधिकृत टेकराज पन्थीले बताए । 

साविक गाविसवाट नगरपालिका भएको अवस्थामा एकीकृत वा घरजग्गा कर लगाउने नियम छ । छलफलमा भाग लिएका नगरवासी मदन महर्जनले नगरले लगाउने करको दायराका कारण आफ्नो घर भए पनि कोठामा बसेको जस्तो भएको चिन्ता व्यक्त गरे । 

सरकारले घोषणा गरेको नगरपालिकामध्ये कान्छो नगरपालिकाको रुपमा रहेका नगरवासीले साविक गाविसमा लगाउने कर बाहेक अन्य तिर्न नसक्ने गुनासो राखेका थिए । 

नगरपालिकामा कर तिर्दै गर्दा नगरले तोकेका मापदण्ड अनुरुप संरचना हुनुपर्नेमा महर्जनको माग थियो । यहाँ रहेका जग्गाको मूल्याङ्कन एउटै हुँदा नगरवासी मर्कामा परेको उहाँको भनाइ रहेको थियो । 

यसैगरी अर्का नगरवासी राजेन्द्र सिलवालले नगरले प्रदान गर्ने सेवा सुविधा पाउन सके मात्र कर तिर्न सकिने उल्लेख गर्नुभयो । “कर नतिरे नगरको विकास हुन सक्दैन,”– उनले भने । 

यस्तै नगरवासी निलबहादुर देशारले जनतालाई मर्का नपर्ने गरी कर निर्धारण गरिनुपर्नेमा जोड दिए । आफ्नो आम्दानीको आधारमा कर तिर्न पाउनुपर्नेमा उनको माग थियो । 

यसैगरी राम डङ्गोलले नगरवासीको चाहना अनुरुप कर निर्धारण गरिनुपर्नेमा जोड दिनुभयो । यहाँको भौगोलिक तथा वैज्ञानिक आधारमा मात्र करको दायरा निर्धारण गरिनुपर्नेमा उनको जोड थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल