2026-10-23 09:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भोजपुरको बोखिमका घरघरमा पुग्यो बिजुली

असोज २२, भोजपुर । बोखिमका स्थानीयको अध्यारोमा बस्नु पर्ने बाध्यता हटेको छ । सदरमुकाम नजिकै भए पनि बत्तीमुनि अध्यारो भने जस्तै यहाँका अधिकांश स्थानीय वर्षौदेखि टुकीबत्तीको सहारामा बस्दै आएका थिए । वडा कार्यालयको सक्रियतामा घरघरमा बिजुली आएपछि स्थानीय दङ्ग छन् ।

स्थानीयवासी नगेन्द्रकुमार राईले भन्नुभयो, ‘‘यो सदरमुकाम नजिकैको ठाउँ हो तर पनि हामीले विगत लामो समयदेखि बिजुली बाल्न पाएका थिएनौँ, स्थानीय सरकार सञ्चालनमा आएपछि बिजुली बाल्न पाएका छौँ अहिले दैनिक कामकाज गर्न सहज भएको छ ।’’

विद्युत् विस्तार भएपछि स्थानीयले कुटानीपिसानी लगायतका सामग्रीसमेत सञ्चालनमा ल्याएका छन् भने विद्यार्थीलाई सहज बनाएको छ । विद्युत्को अभावमा मोबाइल चार्ज गर्न समस्यामा पर्दै आएका यहाँका स्थानीय अहिले विभिन्न विद्युतीय उपकरण जोडेर आफ्ना कामहरु गरिरहेका छन् । अर्का स्थानीय निच्छाकुमार राईले भन्नुभयो, ‘‘विद्युत्ले जीवन सजिलो बनाउँदोरहेछ, लामो समयदेखि हामीले धेरै दुःख भोग्दै आएका थियौँ, हामीलाई मोबाइल चार्ज गर्नसमेत समस्या थियो, अहिले विद्युतीय मिल जडान गरेका छौँ, रेडियो, टीभीको माध्यमबाट देश विदेशका सूचना थाहा पाउन सहज भएको छ, वडा कार्यालयको पहलमा भएको कामले हामी धेरै खुशी छौँ ।’’

बोखिममा स्थानीय तह कार्यान्वयन अगाडि साबिकका नौमध्ये पाँच वडामा विद्युत् विस्तार भएकोमा अहिले सबै ठाउँमा विद्युत् विस्तार भएको छ । निर्वाचित भएर आएपछि प्राथमिकता निर्धारण गरेर काम गरेकाले थोरै बजेटमा पनि नतिजामुखी काम भएको वडा कार्यालयले जनाएको छ ।

भौगोलिक रुपमा ठूलो क्षेत्र रहेकाले  धेरै चुनौतीको सामना गर्दै विद्युत् विस्तार गर्न सफल भएको वडाध्यक्ष जसबहादुर राईले जानकारी दिनुभयो  । केही समयपछि उज्यालो वडा घोषणा गर्नेसमेत लक्ष्य रहेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष राईले भन्नुभयो,‘‘ हाम्रो क्षेत्र उत्तरमा सुन्तले डाँडादेखि पिखुवाखोलासम्म छोएको ठूलो भू–भाग छ, हामीले वडामा आएको थोरै बजेटलाई पनि उचितढङ्गले सञ्चालन गरेर सबै ठाउँमा विद्युत् पुर्याउन सफल भएका छौँ, अब हामी उज्यालो वडा घोषणाको तयारीमा छौँ ।’’ हालसम्म भोजपुरका  ४९ प्रतिशत जनता विद्युत्को पहुँचमा रहेको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख रवीनबाबु घिमिरेले जानकारी दिनुभयो ।

वडा कार्यालयले कृषि खानेपानीको क्षेत्रमा  पनि प्राथमिकताका साथ काम गरिरहेको जनाएको छ । आफ्नो क्षेत्रमा एक घर एक प्लाष्टिक टनेल कार्यक्रम सञ्चालन गरेको छ भने वडा कार्यालयको बजेटमा दुई वटा खानेपानी आयोजनाको काम सम्पन्न गरेको वडाध्यक्ष राईले जानकारी दिनुभयो । ‘‘हाम्रो वडामा पिउने पानीको पनि अत्यन्तै समस्या थियो, वडा कार्यालयको लगानीमा रु २७ लाख ५० हजार र रु १० लाख लागतमा दुई वटा खानेपानी आयोजनाको काम सम्पन्न गरेर स्थानीयलाई पानी वितरण गरेका छौँ, यी बाहेक स–साना दश बढी खानेपानी आयोजनाको काम सम्पन्न भएको छ, अब यहाँको पानीको समस्या पनि अन्त्य भएको छ,’’ वडाध्यक्ष राईले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने