Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भोजपुर–टक्सार सडक कालोपत्रे शुरु

२०७७, २४ आश्विन शनिबार ०३:३८

असोज २४, भोजपुर । प्रदेश –१ सरकारको लगानीमा भोजपुर सदरमुकाम देखि टक्सार एयरपोर्टसम्मको सडक कालोपत्रे शुरु भएको छ । जिल्लामा नै पहिलो ‘आसपाल्ड’ प्रविधिबाट पूर्वाधार विकास कार्यालय भोजपुरको रु. १६ करोड ९२ लाख लागतमा  कालोपत्रे गर्ने काम शुरु भएको हो । 

यस अघि नै कालोपत्रेको लागि आवश्यक प्रक्रिया सम्पन्न गरिएको भए पनि निरन्तरको वर्षाले काम रोकिएको थियो । मौसममा सुधार आएपछि कामको थालनी भएको हो । प्रदेश सरकारको महत्वपूर्ण योजना भएकोले यसको गुणस्तरमा ध्यान दिइएको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताउनुभयो । प्रमुख रेड्डीले भन्नुभयो,‘‘ काम गुणस्तरीय बनाउन लागेका छौँ, जिल्लामा पहिलो पटक यो प्रविधिबाट कालोपत्रे थालिएकोले यसमा बढी ध्यान दिएका छौँ ।’’

गुणस्तरमा कमी आउन नदिन जिल्ला प्रशासन कार्यालयसँगै अन्य सरोकारवालाले अनुगमन गरिरहेका छन् । अनुगमनका क्रममा काम मापदण्ड अनुसारको रहेको पाइएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताउनुभयो । प्रजिअ पुरीले भन्नुभयो,‘‘ निर्माणका क्रममा आउने विभिन्न समस्या समाधानदेखि अनुगमनको पाटोमा हामीले विशेष ध्यान दिएका छौँ, हामीले हेर्दा सडकको गुणस्तर राम्रो नै छ ।’’ काम गर्ने क्रममा कुनै यन्त्र उपकरणको समस्या नआएमा तथा मौसम राम्रो भएमा यो महिनामा काम सम्पन्न गर्ने निर्माण कम्पनीले जनाएको छ । कालोपत्रेको काम शुरु गरेको भए पनि स्थानीय सरकार तथा सरोकारवालाले ट्रयाक्टर लगायतका ढुवानीका साधन सञ्चालनमा रोक नलगाउँदा भने काममा केही बाधा पुगेको कम्पनीको गुनासो छ । 

मार्सेली निर्माण सेवाका प्रमुख श्याम श्रेष्ठले भन्नुभयो,‘‘ तोकिएको समय भन्दा अगाडि सम्पन्न गर्ने लक्ष्यसाथ काम गरेको हो, वर्षातले कालोपत्रे गर्न सकिएन तर पनि छिटै सक्ने लक्ष्य छ ।’’ रायामाझी–जगदम्बा–मार्सेली जेभीले निर्माण गरिरहेको यो सडकको लम्वाई ५ किलोमिटर रहेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै