२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला

२५ आश्विन २०७७, आईतवार १४:२९

असोज २५, सर्लाही । आफ्नी छोरीलाई बलात्कार गरेको अभियोगमा बरथहवाका ४० वर्षीय बाबुलाई अदालतले जन्मकैदको फैसला गरेको छ । आफ्नी १३ वर्षीाय छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले जन्म कैदको फैसला गरेको हो ।

छोरीलाई पटक–पटक बालत्कार गरेको भन्दै उनीविरुद्ध एक वर्षअघि प्रहरीमा उजुरी परेको थियो । बलात्कारपछि छोरी गर्भवती भएको र गर्भपतन गराइएको अदालतमा स्वीकारेका उनलार्ई जन्म कैदको फैसला गरिएको जिल्ला अदालतका न्यायाधीश अर्जुन अधिकारीले बताउनुभयो । अदालतले जन्मकैदको फैसलासहित रु ५० हजार जरिवाना तोकेको छ । 

आरोपित उनी आफ्ना सन्तानसहित कावासोतीमा रहेको डीबीआई इँटा उद्योगमा कार्यरत थिए । उद्योगमा श्रीमती, छोरा र छोरीसहित मजदूरी गर्दै आएका उनले छोरीलाई पटक–पटक बलात्कार गरेको अदालतमा बयान दिएको जनाइएको छ ।

हाडनाता करणी गरेका उनको नेपालभर कतै पनि कुनै सम्पत्ति नभएका कारण सरकारी राज्य कोषबाट (पीडित राहतकोष) बाट रु ५० हजार क्षतिपूर्ति भराउने अदालतको फैसला छ । पीडितबाट भरण पोषणको व्यवस्था हुने गरी फैसला आउने भए पनि उनको नेपालभरी कतै कुनै सम्पत्ति नदेखिएका कारण राज्यकोषबाट नगद दिलाउने फैसला भएको अदालतले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने