३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

सीमामा जनशक्ति थप्दै सशस्त्र प्रहरी

२५ आश्विन २०७७, आईतवार १४:३२

असोज २५, महोत्तरी । राष्ट्रिय महत्वका चाडवाड नजिकिँदै गर्दा सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सीमा सुरक्षापोष्ट (बिओपी) थप गरेको छ । भारतसँगको सीमा क्षेत्रमा सुरक्षापोष्ट थप्ने पूर्वनिर्णयानुसार आज मरुवाहीमा नयाँ पोष्ट स्थापना गरी सञ्चालनमा ल्याएइको हो । 

सशस्त्र प्रहरी बल प्रदेश नं २ बाहिनीपति कृष्णभक्त ब्रह्मचार्यले नयाँ सीमा सुरक्षापोष्टको आज उद्घाटन गर्नुभयो । नवस्थापित सीमा सुरक्षापोष्ट मरुवाही नेपालभारत सीमासँगै जोडिएको एकडारा गाउँपालिकामा पर्छ । नयाँ पोष्ट सञ्चालनमा आएसँगै जिल्लामा अब सीमा सुरक्षापोष्टको सङ्ख्या आठ पुगेको सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेडक्वाटरप्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिनुभयो । 

यसअघि जिल्लाका खैरबनी, रघुनाथपुर, सम्सी, पोखरभिण्डा, मनरा, भिठ्ठामोर र मटिहानीमा सशस्त्र प्रहरीका सीमा सुरक्षापोष्ट रहँदै आएका छन् । नयाँ पोष्टमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २५ जना विन्यास गरिएको सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेडक्वाटरले जनाएको छ । भारतसँग महोत्तरी जिल्ला भरिमा ३८.४६ किलोमीटर दूरीको सीमा छ । सशस्त्र प्रहरीले यसअघि नै प्रदेश नं २ का आठ वटै जिल्लामा ७३ नयाँ सीमा सुरक्षापोष्ट स्थापना गर्ने गरी काम अघि बढाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली