३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ : छापडाँडादेखि रसुवाघाटसम्म बस सञ्चालन

२६ आश्विन २०७७, सोमबार ०२:५०

असोज २६, खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित छापडाँडाबाट  खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकोे रसुवाघाटसम्म पहिलो पटक बस सेवा सञ्चालनमा ल्याइएको छ ।  दशै÷तिहार पर्वको अवसर पारेर आफ्नो घर आवतजावत गर्ने सर्वसाधारणको समस्यालाई मध्यनजर गर्दै आइतबारदेखि नियमित बस सेवा सञ्चालनमा ल्याइएको हो । 

हलेसी तुवाचुङ–११ राजापानीको भाडबेँसीमा आयोजित कार्यक्रममा स्थानीय ९९ वर्षीया तुलसा बुढाथोकी, नगरप्रमुख इवन राई र उपप्रमुख विमला राईले बस सेवाको औपचारिक शुभारम्भ गर्नुभएको थियो । छापडाँडाबाट–हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार–भण्डारेघाट–रमाईलो हुँदै रसुवाघाटसम्म खोटाङ यातायात प्रा.लि.को बस सञ्चालन हुने जनाइएको छ । 

छापडाँडाबाट दैनिक बिहान ६ बजे र रसुवाघाटबाट छापडाँडाका लागि दैनिक बिहान साँढे ११ बजे नियमित बस छुट्ने कार्यतालिका निर्माण गरिएको खोटाङ यातायात प्रा.लि.का वरिष्ठ उपाध्यक्ष टेकेन्द्र राईले जानकारी दिनुभयो । छापडाँडाबाट रसुवासम्मका लागि रु ४५० भाडा निर्धारण गरिएको यातायात प्रा.लि.ले जनाएको छ । 

खोटाङ र उदयपुरको सीमानामा पर्ने फोक्सिङटारस्थित सुनकोशी नदीमा अस्थायी बेलिब्रिज जडान भएपछि छापडाँडा–गाईघाट सिधा बस सञ्चालन गरिने जनाएको छ । हालै निर्माण सम्पन्न गरिएको उक्त सडक खण्डमा बस सेवा सञ्चालन भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । 

यातायात सञ्चालन नहुँदा कठिन यात्रा गरिरहेका सर्वसाधरणलाई उक्त सडक खण्डमा नियमित यातायात सञ्चालन भएपछि यात्रा सहज भएको छ । दैनिक बस सेवा शुरु भएपछि स्थानीय बासिन्दाले उत्पादन गरेका अन्नबाली, फलफूल लगायत बाहिर निर्यातसमेत हुने अपेक्षा गरिएको छ । 

दश स्थानीय तह रहेको जिल्लाका अन्य ग्रामिण सडक पनि दशैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । जिल्लाका सबै स्थानीय तहले अहिले अवरुद्ध सडक खुलाउनका लागि मर्मतको कामलाई तीव्रता दिएका छन् । 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका सबै ग्रामिण सडकमा करीब छ महिनामात्र यातायात सञ्चालन हुने गरेको छ । भर्खरै कालोपत्रको काम सम्पन्न गरेर सञ्चालनमा ल्याइएको मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने दिक्तेल–हलेसी सडक खण्डमा मात्रै बाह्रै महिना नियमित यातायात सञ्चालन हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली