2026-10-15 07:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जुम्लाबाट जोडियो डोल्पा

असोज २६, खलङ्गा । जुम्ला सदरमुकाम खलङ्गाबाट डोल्पा जोड्न दानसाँघुमा पक्की पुल निर्माण भएपछि औपचारिक रुपमा जुम्लासँग डोल्पा जोडिएको छ । पुल नहुँदा सवारीसाधन बर्खायाममा चल्न सक्दैनथे । हिउँदमा हिउँ र बरफ जम्ने भएकाले यातायातका साधन सञ्चालनमा कठिनाइ थियो । 

दानसाँघुमा पक्की पुल निर्माण भएपछि अहिले सहजै डोल्पाको काइगाउँसम्म सवारी साधन निर्बाध रुपमा चलेका ट्र्याक्टर चालक जयकृष्ण थापाले बताउनुभयो । पक्की पुलको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले उद्घाटन गरेपछि डोल्पासँग जुम्ला प्रत्यक्ष रुपमा जोडिएको हो ।

यसअघि डोल्पा–जुम्ला दैनिक उपभोग्य सामान खच्चरबाट ढुवानी हुने गरेको थियो । अब ट्र्याक्टर र ट्रकबाट पनि उपभोग्य सामग्री डोल्पा पुर्याउन सहज हुने भएको स्थानीय व्यापारी पदम कार्कीले बताउनुभयो । २०६८ साल असार १५ गते ठेक्का सम्झौता भएर पक्की पुल निर्माणको काम अघि बढेको थियो । देश सङ्घीयतामा गएपछि सो पुल निर्माण कार्य अन्योलमा थियो । पछिल्लो समयमा पूर्वाधार विकास कार्यालय कर्णाली प्रदेशले जिम्मेवारी लिएपछि पक्की पुल निर्माणको काम सकिएको हो ।

अहिले सहजै सवारी साधन सञ्चालन हुने गरेको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपबहादुर रावलले बताउनुभयो । तत्कालीन जिल्ला विकास समितिले निर्माण कार्य प्रारम्भ गरेको पुलको फेरि डिजाइन गर्नुपर्ने भएकाले ढिलो निर्माण भएको हो । 

इन्जिनीयर दीपसागर ढुङ्गानाका अनुसार  पुल निर्माण भएपछि जुम्लाको गुठिचौर गाउँपालिकासहित डोल्पा र जाजरकोट जान सजिलो भइरहेको बताउनुभयो । डोल्पा जुम्लासँग जोडिएपछि स्वास्थ्य, शिक्षा र पर्यटनका हिसाबले जुम्लालाई टेवा पुग्ने उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्ष रविअली मनिहारले बताउनुभयो । जिल्लाको पर्यटकीय क्षेत्र गुठिचौर, चोत्रा घरबास हुँदै डोल्पाको दुनैदेखि से–फोक्सुण्डो यात्राका लागि पनि सहज हुने भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने