दान बहादुर बुढा | साउन १५, मुगु | मुगु सदरमुकाम गमगढीमा जोडीएको श्रीनगर गाबिस बडा नम्बर २ बष २१ की बिजय लक्ष्मी शाही सुत्केरी बेथा लागेको तिन दिन सम्म बच्चा निस्कन नसकेको हुदा दुई दिन सम्म जिल्ला अस्पताल ठिनि मुगु साख्दा पनि बच्चा ननिस्के पछि आज शुक्रबार साझपख हेलिकप्टर बाट नेपालगंज लगेर उद्धार गरेको छ ।
बिजय लक्ष्मी शाहीको यो पहिलो गर्भ भएकोले २ दिन सम्म जिल्ला अस्पतालमा राखीएपनि शाहीको पाठेघरको मुख नखुल्दा ज्यान जोखीम हुदौ गएको हुदा जिल्ला अस्पतालको पहलमा बिरामिलाई नेपालगंज लिएको जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी पशुपति शाहीले बताएका छन ।
शाहीलाई आजही उपचारको लागी नेपालगंज भेरी अस्पतालमा लगीएको जिल्ला स्वास्थ्य कार्यालयका डा.सरोज अधिकारीले बताएका छन । लामो समय सम्म लगातर बर्षात हुदा सडक मार्ग र हवाई मार्ग बन्दा हुदा सुत्केरी बेथा लागेकी शाहीको ज्यान जोगाउनको लागी हेलिकप्टर बाट उद्धार गरीएको हो । लामो समय सम्मको बर्षातको कारण एस एल सी पूरक परिक्ष्ःाा दिन मुगु आउने एक दर्जन बिद्यार्थिहरु नेपालगंज राझायएरपोटमा अलपत्र परेको सोनाम लामाले बताएका छन |