2026-09-08 03:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

१२ वर्षदेखि अलपत्र विद्युत् प्रसारणको निर्माण कार्य शुरु

असोज २७, वाग्मती । विगत १२ वर्षदेखि अलपत्र रहेको २२० के भीको हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन निमार्ण पुनः शुरु भएको छ । हेटौँडा–भरतपुर र भरतपुर–बर्दघाट गरी दुईखण्डमा निर्माण प्रसारणको काम सन्तोषजनक नभएपछि प्राधिकरणले भारतीय र चिनियाँ कम्पनीको ठेकेदार कम्पनीको सम्झौता तोडेको थियो । 

सम्झौता तोडिएको लामो समयपछि प्रसारण लाइनको निर्माण काम शुरु भएको आयोजनाका प्रमुख ईश्वरीप्रसाद जैसवालले जानकारी दिनुभयो । हेटौँडा–भरतपुर खण्डको ठेक्का भारतीय कम्पनी आइकम टेल र भरतपुर–बर्दघाट खण्डको ठेक्का चिनियाँ सेन्ट्रल पावर ग्रिड नामक कम्पनीलाई दिएको तर काममा ढिलाइ गरेपछि सम्झौता तोडिएको बताइएको छ । अहिले पनि हेटौँडा–भरतपुर खण्डमा भारतीय र भरतपुर–बर्दघाट खण्डमा चिनियाँ कम्पनीलले ठेक्का पाएको छ । 

आयोजना सञ्चालनका लागि विसं २०६५ मा टेक्का सम्झौता गरेर २०६६ मा प्रसारण लाइनको काम शुरु ग्रिएको थियो । पाँच वर्षमा निर्माण कार्य सम्पन्न गर्नपर्ने काम विगत १२ वर्षमा ५० प्रतिशत निर्माण काम मात्र भएपछि  ठेक्का सम्झौता तोडेर नयाँ सम्झौता गरिएको प्रमुख जैसवालले भन्नुभयो ।   

विश्व बैंक र नेपाल सरकारको सहयोगमा निर्माण भइरहेको उक्त प्रसारण लाइनको भरतपुर–बर्दघाट खण्डका ७५ किमी लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको  आयोजनाले जनाएको छ । कोरोना महामारीले काममा केही सुस्तता छाएको भए पनि यस खण्डको ७५ किमी लाइनको २४६ टावरमध्ये २३० वटाको फाउण्डेशन निर्माण कार्य सकिएको छ । दुई सय १४ वटा टावर खडा गरिएको र पाँच किमी तार तान्ने काम सकिएको छ । अहिले पनि त्यस खण्डको दुम्कीवास र देउचुरीको मुण्डीमा स्थानीयको विभिन्न माग राखी अवरोध कायम रहेको जैसवालले बताउनुभयो । नयाँ ठेक्का सम्झौता भई परिचालन भएकाले अबको दुई वर्षमा प्रसारण लाइनको बाँकी काम सम्पन्न गरिने विश्वास लिइएको छ । 

यसअघिको ठेकेदारले यो खण्डमा निर्माण हुने २२६ टावरमध्ये १७१ वटाको फाउण्डेशन  निर्माण कार्य सकिएको छ । एक सय १७ वटा टावर खडा गरिएको छ । दश किमीभन्दा बढी तार तान्ने काम सम्पन्न भएको छ । त्यस खण्डमा आयोजनाले पाँच हजार रुख काट्ने प्रक्रिया अगाडि बढाइएको उहाँको भर्ना रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ