२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से पुनः ओरालो यात्रामा

२०७७, २७ आश्विन मंगलवार ११:२९

असोज २७, काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९.४२ अङ्कले घटेर एक हजार ५६८.५९ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.७० बिन्दुले घटेर ३११.४१ मा झरेको छ । कूल १९३ कम्पनीको ६७ लाख ८२ हजार ९४७ कित्ता शेयर रु एक अर्ब ८१ करोड ९६ लाख ३८ हजार ९७७ मूल्यमा खरिद बिक्री भए । लगानीकर्ताले नाफा बुक गर्न थालेका कारण बजार  पुनः ओरालो लाग्न थालेको छ । त्यसको प्रभावस्वरुप आज कारोवार रकममा समेत गिरावट आएको छ ।

आज कारोवार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार १.४९, उत्पादन १०.८४ र सामूहिक लगानी कोष ०.०५ ले बढेको छ । यस्तै, बैंकिङ ७.७, होटल १०.०६, विकास बैंक ८.५६, जलविद्युत् २७.८४, वित्त १६.३, निर्जीवन बीमा ४८.४१, अन्य १.५१, लघुवित्त १३.६३ र जीवन बीमा ३८.९४ ले ओरोलो लागेको छ ।

कारोवारका आधारमा आज अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ११ करोड २६ लाख २१ हजार ४७३ बराबरको कारोवार भयो । यस्तै, ज्योति विकास बैंक रु ११ करोड सात लाख एक हजार ४०४, मुक्तिनाथ विकास बैंक रु आठ करोड ५३ लाख ७० हजार १६७, नेपाल पुनरबीमा कम्पनी रु छ करोड ३२ लाख ८९ हजार ४००, सानिमा माई हाइड्रोपावर रु पाँच करोड ४६ लाख ७४ लाख ७४ र नेपाल बैंकको रु पाँच करोड २४ लाख ७१ हजार ४५७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

कारोवारका आधारमा आज ज्योति विकास बैंक ४.८३, लक्ष्मी उन्नति कोष, ३.३३, युनिलिभर नेपाल ३.०९, एनआइबिएल प्रगति फण्ड २.३६, सिटिजन म्युचअल फण्ड १.७६ र आइसिएफसी फाइनान्सका लगानीकर्ताले १.५५ प्रतिशतले कमाए । यस्तै, पञ्चकन्या माई हाइड्रोपावर ८.७२, दिव्यश्वरी हाइड्रोपावर ७.५०, खानीखोला हाइड्रोपावर ७.२६, रिडी हाइड्रोपावर ७.२२, घलेम्दी हाइड्रो ६.७७, समृद्धि फाइनान्स ६.५४ र युनियन हाइड्रोपावरका लगानीकर्ताले ६.३५ प्रतिशतले गुमाएका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा