२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

कोरोनाबाट ललितपुरमा मात्रै ४८ को मृत्यु

२०७७, २९ आश्विन बिहीबार ०८:२८

असोज २९, ललितपुर । ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०० भन्दा बढी रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म दुई हजार ५०७ सक्रिय सङ्क्रमित सङ्ख्या पुगेको छ । साथै  अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । 

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार १५८ र अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ६०३ पुगेको स्वास्थ्य कार्र्यालय प्रमुख डा खगेश्वर गेलालले बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै मानिसले कोरोनाको डर मान्न छाडिसकेकाले यहाँ दिनानुदिन सङ्क्रमितको सङ्ख्या बढीरहेको देखिन्छ, सार्वजनिक यातायातमा हिँड्ने आधाजसो मानिसले मास्कको उचित प्रयोग नगर्नुका साथै आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन पनि हेलचक्र्याइ गरिरहेका छन् ।” 

कोभिड सङ्क्रमित स्वयंले सजक भएर घरमा एकान्तबास बसिदिँदा यसको न्यूनीकरण चाँडै हुने गेलालले जानकारी गराउनुभयो । लपु महानगरपालिकामा सक्रिय सङ्क्रमित सङ्ख्या एक हजार ५८८ र मृतकको सङ्ख्या २७ पुगेको छ । 

ती मृतकको उमेर भने ५५ वर्षदेखि ६० वर्षमाथि रहेको प्रवक्ता राजु महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ जम्मा सङ्क्रमित सङ्ख्या तीन हजार ३४६ र डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ७३१ रहेको छ ।” कोरोना महामारी बढ्दै गइरहेकाले जनता स्वयं आफैँ जिम्मेवार हुनुपर्ने महर्जनले बताउनुभयो । “यहाँ  होम आइसोलेसनमा मृत्यु हुनेको शव व्यवस्थापन गर्न ग्राहो भइरहेको छ”, उहाँले भन्नुभयो ।

यसैगरी महानगरपालिकामा पुरुषभन्दा महिला सङ्क्रमित सङ्ख्या बढी छ । जसमा एक हजार ४८३ महिला र एक हजार ४०२ पुरुषले कोरोनाको प्रभाव झेलिरहेका र्यापीड रेसपोन्स टिमकी संयोजक देवी गुरुङ्ले बताउनुभयो । गोदावरी नगरपालिकामा सक्रिय सङ्क्रमित सङ्ख्या १९४ र मृतकको सङ्ख्या पाँच पुगिसकेको नगरपालिकाले जनाएको छ । 

गोदावरीमा कूल सङ्क्रमित सङ्ख्या ३८१ र निको भएर डिस्चार्ज हुने सङ्ख्या १९९ पुगेको छ । गोदावरीले वडा नं ६ टीकाभैरवको आनन्दवन अस्पताल तथा वडा नं ११ को बज्रबाराही चापागाउँ अस्पतालमा आइसोलेसनको व्यवस्था गर्नुका साथै वडा नं ४ बडिखेलको कोरियन होटलमा कवारेन्टाइनको पनि व्यवस्था गरिरहेको प्रवक्ता मिलन सिलवालले बताउनुभयो । 

महालक्ष्मी नगरपालिकामा सक्रिय सङ्क्रमित ३४७ र हालसम्म तीन नगरवासीले मृत्युवरण गरिसकेका सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “तीमध्ये होम आइसोलेसनमा ३२५ र अस्पतालको आइसोलेसनमा २२ व्यक्ति रहेका छन् ।” महालक्ष्मीमा जम्मा सङ्क्रमित सङ्ख्या ६०६ र यसमा स्वास्थ्य लाभ गर्ने २५६ रहेका पोखरेलले जानकारी गराउनुभयो । 

नगरपालिकाभित्र कोरोना सङ्क्रमित सङ्ख्या बढेसँगै आफूहरुले परीक्षणको दायरा बढाएको र निरिन्तर रुपमा सचेत पनि गराइरहेको नगरप्रमुख रामेश्वर श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्क्रमितको अवस्थालाई मध्यनजर गरेर नगरपालिका विभिन्न वडामा ८० शय्याको क्वारेन्टिनको व्यवस्था गरिरहेका छौं  ।” अक्सिजन अभावका कारण आइसोलेसनको भने व्यवस्था गर्न नसकेको श्रेष्ठले जानकारी गराउनुभयो । 

महाङ्काल गाउँपालिकामा सक्रिय सङ्क्रमित पाँच र बाँकी नौ निको भएर डिस्चार्ज भइसकेका स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ जम्मा सङ्क्रमित सङ्ख्या १४ रहेका छन् ।” कोरोनाको लक्षण देखिएकालाई महाङ्काल विद्यालयमा राख्ने गरेको र वडा नं ३ गोटिखेलमा पाँच शय्याको आइसोलेसन बनाउने तयारी भइरहेको चन्दले जानकारी गराउनुभयो । 

वाग्मतीमा एक महिने शिशु सङ्क्रमित 

दक्षिण ललितपुरको वाग्मती गाउँपालिकामा एक महिने शिशुमा कोरोना पोजेटिभ देखिएको छ । आमा सुत्केरी हुन अस्पताल जाँदा आमा र शिशु दुवैमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखा संयोजक नवराज तिमिल्सिनाले बताउनुभयो । वाग्मतीका एक व्यक्ति अस्पतालमा, सातको डिस्चार्ज भइसकेको र यहाँ कूल सङ्क्रमित सङ्ख्या १५ मात्र रहेका तिमिल्सिनाले जानकारी गराउनुभयो । 

कोञ्ज्योसोमका तीन दिनको शिशुमा कोरोना पोजेटिभ

कोञ्ज्योसोम गाउँपालिकाका तीनदिने शिशुमा कोरोना पोजेटिभ देखिएको छ । २४ देखि २५ वर्षकी सुत्केरीसहित शिशुमा कोरोना देखिएको स्वास्थ्य संयोजक नवलकिशोर महत्वले बताउनुभयो । उहाँले भन्नुभयो, “यी महिला, शिशु र घरका अन्य दुई परिवार गरेर चार जनामा कोरोना पोजेटिभ देखिएको छ, यहाँ पुरुषको तुलनामा सङ्क्रमित महिला सङ्ख्या बढी नै रहेको छ, भारदेउमा रहेको बैंकका एक कर्मचारीमा कोरोना देखिदा हिजोबाट एक हप्ताका लागि यो बैंक पनि बन्द भइसकेको छ ।” कोञ्ज्योसोममा सङ्क्रमित सङ्ख्या १३ रहेको महत्वले जानकारी गराउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता