२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्कुटर जलाउने चार युवक पक्राउ

२०७७, २९ आश्विन बिहीबार १५:१३

असोज २९, रुपन्देही (रासस) । प्रदेश राजधानीको विषयलाई लिएर बुटवलमा भएको विरोध प्रदर्शनका क्रममा सरकारी स्कुटर जलाउने चार युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले आज सूचना निकालेर रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु १ प २४७० नम्बरको स्कुटर जलाएको अभियोगमा उनीहरुलाई मुद्धा चलाई कारबाही प्रक्रिया अघि बढाइएको जानकारी गराएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीकाअनुसार बुटवल उमहानगरपालिका –११ बुद्धनगरका २५ वर्षीय भेषराज पोख्रेल, देविनगर बस्ने ३५ वर्षीय रोशन थापा, तिलोत्तमा नगरपालिका –२ बस्ने २८ वर्षिय सन्दिप पाण्डेय र गुल्मीको मालिका गाउँपालिका–८ घर भई बुटवल बस्ने ३० वर्षीय सुरज क्षेत्रीलाई नियन्त्रणमा लिइएको हो । उनीहरुले गत असोज १६ गते बुटवल–११ देविनगरको होराईजन चोकमा सरकारी स्कुटर जलाएका थिए ।

यसैगरी प्रहरीको स्कुटर रोकी धम्की दिने दुई जना युवालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । देवदह नगरपालिका –४ का वसन्त रेग्मी र सोही ठाउँका वसन्तलाई देवदह–५, खैरेनी कचहरा पुलमाथि डिउटीमा जाँदै गरेका प्रहरीको स्कुटर रोकी फुटाईदिउ भन्दै धम्की समेत दिई जबरजस्ती लाईसेन्स बिलबुक मागेको अभियोगमा नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता खत्रीले बताउनुभयो । उनीहरुलाई सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला