९ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

फोन सम्पर्क गर्न आधा घण्टा पैदल यात्रा

३० आश्विन २०७७, शुक्रबार ०४:५३

असोज ३०, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र ६ दुई वडाका बासिन्दालाई अझै पनि सञ्चार क्षेत्रले छुन सकेको छैन । त्यस क्षेत्रका बासिन्दाले कोही कसैलाई फोन सम्पर्क गर्नुपर्यो भने करिब आधा घण्टा पैदल हिँडेर टावर टिप्ने स्थान खोज्दै सम्पर्क गर्नुपर्ने उनीहरुको दिनचर्या नै बनेको छ । समुद्री सतहदेखि करिब एक हजार २०० मिटर उचाइमा रहेको उक्त स्थानका मानिस टावरले टिप्ने डाँडाकाँडा पुग्नुपर्ने अवस्था रहेको आँबुखैरेनी गाउँपालिका–६ का वडाध्यक्ष सुनाराम गुरुङले बताउनुभयो  हिलेखर्क पर्यटकीय दृष्टिकोणले गन्तव्यस्थलको रूपमा परिचित भए पनि सञ्चार र विद्युत्ले छुन नसक्दा ओझेलमा परेको उहाँले बताउनुभयो ।

आँबुखैरेनी गाउँपालिका–५ टेलिकमले टावर राख्ने कार्यको शुरुआत गरे पनि वडा नं ६ मा भने कुनै पनि सुरसार नभएको वडाध्यक्ष गुरुङले बताउनुभयो । यस वडामा करिब तीन हजार जनसङ्ख्या रहेका छन् । वडाध्यक्ष गुरुङले भन्नुभयो, “विद्युत् र सञ्चार क्षेत्रमा यहाँका बासिन्दा पछि पर्दै गएकाले कष्टकर जीवन बिताउँदै आएका छन् ।” उक्त क्षेत्रमा विद्युत्का पोल गाडे पनि बिजुली तार टाँग्ने कार्य बाँकी रहेकाले टेलिकम र एनसेलको टावर राख्न कठिनाइ भएको हो । जहाँ पायो त्यही टावरले टिप्दैन । उहाँले भन्नुभयो, “सम्पर्क गर्नका लागि घरदेखि टाढा डाँडामा गएर टावर टिप्ने स्थानबाट सम्पर्क गर्नुपर्ने यहाँको बाध्यता रहेको  छ ।” 

सम्बन्धित निकायमा पटक–पटक घच्घच्याए पनि दशैँपछि हुन्छ भन्ने आश्वासन पाएकाले थोरै भए पनि आश जागेको उहाँले बताउनुभयो । चितवनस्थित कविलासको टावरले टिप्ने स्थानमा गएर सम्पर्क गर्नुपर्ने अवस्था रहेको सोही वडास्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मणप्रसाद सिंखडाले बताउनुभयो । गाउँभन्दा पर डाँडामा गएर सम्पर्क गर्नु यहाँका बासिन्दालाई बानी नै परिसकेको छ । उहाँले भन्नुभयो, “सहजरूपमा सञ्चारको पहुँच पुग्न नसक्दा स्थानीयवासीले सास्ती भोग्नुपरेको छ ।”

जिल्लाका नेता गोविन्द भट्टराई, प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ, गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानलगायत नेतालाई यहाँको सञ्चार अवस्थाका बारेमा आफूले समेत पटक–पटक जानकारी गराएको प्रअ सिंखडाले जानकारी दिनुभयो ।

बुल्दीखोला पुलको रेलिङ भाँच्चिदा जोखिम   

पृथ्वीराजमार्गअन्तर्गत पर्ने तनहुँको व्यासनगरपालिका–१ र २ जोड्ने बुल्दीखोलामाथि निर्माण गरिएको पुलको रेलिङ भाँच्चिदा उच्च जोखिम बनेको छ । पुलको दायाँबायाँ राखिएका फलामका रेलिङ खिया लागेर जीर्ण हुनका साथै केही रेलिङ भाँच्चिएपछि उच्च जोखिम बनेको हो । भाँच्चिएका रेलिङ समयमा मर्मत नहुँदा गत भदौ १० गते धादिङ घर भएका ३० वर्षीय दिनेश थापा अचानक खस्दा उनको खुट्टा भाँच्चिएको थियो । बेवारिसे भएको उनको स्थानीयवासीले आर्थिक सङ्कलन गरेर पोखरा लगि उपचारपश्चात घर फर्किएका छन् । व्यासनगरपालिका–२ निवासी रामजी लौडारीको नेतृत्वमा रकम सङ्कलन गरी उनको उपचार गरिएको हो ।

त्यसैगरी यही असोज २८ गते साँझ पुनः एक जना सोही पुलको रेलिङ नभएको स्थानबाट खसेर घाइते भएका छन् । बागलुङमा ज्यालामजदुरी गर्दै आएका कटारी नगरपालिका–९ भोर्लाका ३७ वर्षीय प्रेम रोका पुलबाट खसेर सख्त घाइते भएका छन् । बागलुङबाट दमौली झरेर पैदल हिँडेर घर जाने क्रममा खस्दा घाइते भएका हुन् । उनको अहिले दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले  जनाएको छ ।

पुलको रेलिङ जीर्ण र भाँच्चिएर खतरा बन्दै गएपछि उक्त रेलिङ मर्मतसम्भार तत्काल गर्न लागिएको सडक डिभिजन कार्यालय तनहुँका प्रमुख अमितकुमार श्रेष्ठले बताउनुभयो । उक्त पुल हँुदै दैनिक विद्यालय तथा क्याम्पसका विद्यार्थी तथा सर्वसाधारण आवतजावत गर्दैै आएका छन् । मानिस साँझबिहान हिँड्दा खतरा बढेकाले तत्काल मर्मतसम्भारको कार्य अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताउनुभयो । दशैँअगावै उक्त पुलको रेलिङ मर्मतसम्भार कार्य गरी सहजरूपमा यात्रा गर्ने व्यवस्था मिलाइने उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फिल्म तेल भिसाको शुरुवाति कमाई कस्तो ? रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय एमालेद्वारा काठमाडौं महानगरको जरिवाना पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगर टोली एमालेले काठमाडौं महानगरको जरिवाना नतिर्ने दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण मुद्दा: सरकारको नाममा कारण देखाउ आदेश जारी एनपीएल खेल्न नेपाल आइपुगे काठमाडौं गुर्खाजका माइकल लेभिट हिरासतबाट दुर्गा प्रसाईँको पत्र, लेख्छन्- प्रमाण सत्य हो, कम्बोडिया लगानीबारे छानबिन गरियोस् गेस्ट हाउसमा दम्पत्तीको शव फेला, क्यानडाबाट दुई वर्षपछि शनिबार मात्रै फर्किएका थिए मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने मस्क रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दाको पेशी न्यायाधीशद्वय फुयाल र ढकालको संयुक्त इजलासमा आज तोलामै १७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला अनुसन्धानको म्याद सकिएकाले आज फेरि रविलाई कास्की अदालत उपस्थित गराइँदै नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै हेर्नुहोस आइतबारको विदेशी मुद्राको विनिमय दर ! देशको यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी