साउन १५, बैतडी । लगातारको पानीसँगै पहिरो जाँदा बझाङमा शुक्रबार पाँच घर पुरिएका छन् भने आठ घर उच्च जोखिममा रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार काँडा गाविस–४ चुकझाडमा पहिरो जाँदा स्था"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, बैतडी । लगातारको पानीसँगै पहिरो जाँदा बझाङमा शुक्रबार पाँच घर पुरिएका छन् भने आठ घर उच्च जोखिममा रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार काँडा गाविस–४ चुकझाडमा पहिरो जाँदा स्था"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा पहिरोले पाँच घर पुरिए, आठ घर उच्च जोखिममा

१५ श्रावण २०७३, शनिबार ०५:१५

साउन १५, बैतडी । लगातारको पानीसँगै पहिरो जाँदा बझाङमा शुक्रबार पाँच घर पुरिएका छन् भने आठ घर उच्च जोखिममा रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार काँडा गाविस–४ चुकझाडमा पहिरो जाँदा स्थानीय बमबहादुर बोहरा, गोरे बोहरा, लालबहादुर बोहरा, मोहनबहादुर बोहरा र मीनबहादुर बोहराको घर पुरिएको बताए । यस्तै पहिरोका कारण सोही ठाउँका राम बोहरा, जोगमल बोहरा, दलभान कामी, फुगे बोहरा, गिरी बोहरा, धुर्पु बोहरा र गिरी बोहराका घर उच्च जोखिममा परेको बताइएको छ । 

पहिरोबाट मानवीय क्षति भने नभएको खबर आएको प्रहरी नायब उपरीक्षक चन्दले बताए । उनले भने, “टेलिफोन सम्पर्क टुटेकाले घटनाबारे पछिल्लो जानकारी लिन सकिएको छैन ।” 

चुकझाड गाउँमा १०५ परिवार बसोबास गर्दै आएका छन् । लगातार परेको वर्षाका कारण पहिरो जाने क्रम नरोकिएकाले गाउँ नै जोखिममा रहेको स्थानीय बासिन्दाले बताएका छन् । 

घटनाबारे थप बुझ्नका लागि प्रहरीको टोली घटनास्थलतर्फ गएको र त्यसपछि मात्रै विस्तृत विवरण आउने प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिनुभयो । घटनास्थल सदरमुकाम चैनपुरबाट तीन दिनको पैदल दूरीमा पर्छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य