३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चाडपर्वसँगै चितवनका सार्वजनिक यातायातमा निगरानी

३० आश्विन २०७७, शुक्रबार ०७:०८

असोज ३०, चितवन। चाडपर्व शुरु भएसँगै जिल्ला भित्रने र बाहिरनेको सङ्ख्या बढ्न थालेको छ । रोजगारीको सिलसिलामा यहाँ रहेका र अध्ययनका क्रममा जिल्ला आएका घर फर्कन शुरु गरेका छन् ।

अघिल्ला वर्षमा घटस्थापना अघिनै यात्रुको चहलपहल हुने भए पनि अहिले कोरोना सङ्क्रमणका कारण गरिएको लकडाउन तथा निषेधाज्ञाले यात्रुको चाप त्यति बढेको छैन । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष रामप्रसाद सुवेदीले कोरोना त्रासले यसपाली यात्रुको चाप खासै नरहेको बताउनुभयो । 

घरभित्रै बसेर दशैँलगायतका पर्व मनाउनुपर्ने अवस्था भएकाले यात्रुको चहलपहल नवढेको उहाँको भनाइ छ । सबै रुटका गाडी भरिभराउ छैनन्, सप्तमीपछि केही चहलपहल बढ्ने आशमा व्यवसायी रहेका छन् । जिल्लामा करिब १५ हजार सार्वजनिक सवारी छन् ।

नारायणगढको पुलचोक, पोखरा बसपार्क, केन्द्रीय बस टर्मिनल, चौबिसकोठी, टाँडी बजार तथा खैरहनीको पर्सा बजारमा यात्रुको केही चाप देखिन थालेको छ । कोरोनाको त्रास बढिरहेको समयमा स्थानीय प्रशासनले सार्वजनिक सवारी साधनमा निगरानी बढाउन थालेको छ । बढी भाडा असुल्ने, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्ने जस्ता गतिविधि बढेको गुनासो आउन थालेपछि सार्वजनिक यातायातका सवारी साधनमा निगरानी बढाउन थालिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले मापदण्ड विपरीत सञ्चालन भएको पाइए तत्कालै जरिवाना गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रशासनले तत्काल कारवाही गर्न प्रहरी युनिटलाई निर्देशन दिइसकेको छ ।” यात्रु, चालक, सहचालक सबैले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने भन्दै शर्माले अटेर गर्नेलाई कारवाही गरिने बताउनुभयो । 

सङ्क्रामक ऐन २०२० मा आदेश अपहेलना गर्नेलाई एक सयदेखि ६०० रुपैयाँसम्म जरिवाना वा १ देखि ६ महिनासम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ । जिल्ला प्रशासनले असोज २७ गते १४ बुदे निर्देशन जारी गरिसकेको छ ।

चााडपर्वका बेला एक ठाउँ बाट अर्को ठाउँसम्म मानिसको आवतजावत हुने भएकाले कोरोना सङ्क्रमण फैलिने उच्च जोखिम देखिन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले बिहीबारदेखि सार्वजनिक सवारीमा आकस्मिक जाँचको अभियान सञ्चालन गरिएको बताउनुभयो । जिल्लाका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी काम भइरहेकको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बढी भाडा लिने, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेलाई तत्कालै कारवाही गरिने छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली