साउन १५, पाल्पा । पाल्पाको रामपुरबाट स्याङ्जा, तनहुँ हुँदै काठमाडौँका लागि छुट्ने सवारीसाधन चल्न नसक्दा यात्रु मर्कामा परेका छन् ।

गजरकोट र साँखर जोड्ने मैदीखोलामा निर्माणाधीन मोटरेबल पुल सम्पन्न नहुँदा यस क्षेत्रबाट छुट्ने लामो तथा छोटो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, पाल्पा । पाल्पाको रामपुरबाट स्याङ्जा, तनहुँ हुँदै काठमाडौँका लागि छुट्ने सवारीसाधन चल्न नसक्दा यात्रु मर्कामा परेका छन् ।

गजरकोट र साँखर जोड्ने मैदीखोलामा निर्माणाधीन मोटरेबल पुल सम्पन्न नहुँदा यस क्षेत्रबाट छुट्ने लामो तथा छोटो"/>

2026-09-18 10:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

डेढ महिनादेखि रामपुर-काठमाडौँ यातायात अवरुद्ध

साउन १५, पाल्पा । पाल्पाको रामपुरबाट स्याङ्जा, तनहुँ हुँदै काठमाडौँका लागि छुट्ने सवारीसाधन चल्न नसक्दा यात्रु मर्कामा परेका छन् ।

गजरकोट र साँखर जोड्ने मैदीखोलामा निर्माणाधीन मोटरेबल पुल सम्पन्न नहुँदा यस क्षेत्रबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधन विगत डेढ महिनादेखि ठप्प छन् । 

रामपुर बसपार्कबाट स्याङ्जाको साँखर, तनहुँको गजरकोट घिरिङ भिमाद हुँदै काठमाडौँका लागि छुट्ने सवारीसाधन नचल्दा यस क्षेत्रका यात्रुले ठूलो सास्ती खेप्नुपरेको छ । 

निर्माण कम्पनी सन्तोषी नागार्जुन जेभी कन्ट्रक्सन प्रालिले ठेक्का सम्झौता गरी २०७१ साल जेठबाट पुल निर्माण कार्य सुरु गरे पनि समयमा नै सो पुल नबन्दा सवारीसाधन वर्षा लागेपछि ठप्प हुने गर्दछन् । 

साढे ३७ मिटर लम्बाइ र साढे सात मिटर चौडाइ रहेको मोटरेबल पुल १८ महिनामा काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीले जिम्मा लिए पनि अहिलेसम्म करिब ६० प्रतिशत मात्र काम भएको छ । सडक डिभिजन कार्यालयको रु तीन करोडको लागतमा निर्माणाधीन यस मोटरेबल पुल गत मङ्सिरमै सम्पन्न गरिसक्नुपर्ने थियो । 

निर्माण कम्पनीका ठेकेदार तेजप्रसाद बरालले नाकाबन्दीले समयमा नै सामान उपलब्ध नहुँदा काम लम्बिएको बताए । उनका अनुसार कालीगण्डकीको पानी खोलामा पसेकाले दशैं अगाडिसम्म काम रोकिने छ । आगामी पुस माघसम्ममा काम सम्पन्न गर्ने लक्ष्य रहेको बरालले बताए । 

पुलकै कारण बर्खायाम सुरु भएदेखि दशैं अगाडिसम्म यातायातका साधन अवरुद्ध हुँदा निकै कष्ठकर यात्रा गर्नुपरेको स्थानीय रामप्रसाद श्रेष्ठले बताए । 

सवारीसाधन नचल्दा पूर्वी पाल्पाका रामपुर नगरपालिका, बाकामलाङ, सहलकोट, नवलपरासीको रकुवा, रुचाङ, डेढगाउँ, स्याङ्जाको चापाकोट, साँखर, सेखाम र तनहुँको गजरकोट, घिरिङ सुन्धाराका स्थानीयलाई यात्रा गर्न समस्या परेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई