साउन १५, पाल्पा । पाल्पाको रामपुरबाट स्याङ्जा, तनहुँ हुँदै काठमाडौँका लागि छुट्ने सवारीसाधन चल्न नसक्दा यात्रु मर्कामा परेका छन् ।

गजरकोट र साँखर जोड्ने मैदीखोलामा निर्माणाधीन मोटरेबल पुल सम्पन्न नहुँदा यस क्षेत्रबाट छुट्ने लामो तथा छोटो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, पाल्पा । पाल्पाको रामपुरबाट स्याङ्जा, तनहुँ हुँदै काठमाडौँका लागि छुट्ने सवारीसाधन चल्न नसक्दा यात्रु मर्कामा परेका छन् ।

गजरकोट र साँखर जोड्ने मैदीखोलामा निर्माणाधीन मोटरेबल पुल सम्पन्न नहुँदा यस क्षेत्रबाट छुट्ने लामो तथा छोटो"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

डेढ महिनादेखि रामपुर-काठमाडौँ यातायात अवरुद्ध

१५ श्रावण २०७३, शनिबार ०५:२५

साउन १५, पाल्पा । पाल्पाको रामपुरबाट स्याङ्जा, तनहुँ हुँदै काठमाडौँका लागि छुट्ने सवारीसाधन चल्न नसक्दा यात्रु मर्कामा परेका छन् ।

गजरकोट र साँखर जोड्ने मैदीखोलामा निर्माणाधीन मोटरेबल पुल सम्पन्न नहुँदा यस क्षेत्रबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधन विगत डेढ महिनादेखि ठप्प छन् । 

रामपुर बसपार्कबाट स्याङ्जाको साँखर, तनहुँको गजरकोट घिरिङ भिमाद हुँदै काठमाडौँका लागि छुट्ने सवारीसाधन नचल्दा यस क्षेत्रका यात्रुले ठूलो सास्ती खेप्नुपरेको छ । 

निर्माण कम्पनी सन्तोषी नागार्जुन जेभी कन्ट्रक्सन प्रालिले ठेक्का सम्झौता गरी २०७१ साल जेठबाट पुल निर्माण कार्य सुरु गरे पनि समयमा नै सो पुल नबन्दा सवारीसाधन वर्षा लागेपछि ठप्प हुने गर्दछन् । 

साढे ३७ मिटर लम्बाइ र साढे सात मिटर चौडाइ रहेको मोटरेबल पुल १८ महिनामा काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीले जिम्मा लिए पनि अहिलेसम्म करिब ६० प्रतिशत मात्र काम भएको छ । सडक डिभिजन कार्यालयको रु तीन करोडको लागतमा निर्माणाधीन यस मोटरेबल पुल गत मङ्सिरमै सम्पन्न गरिसक्नुपर्ने थियो । 

निर्माण कम्पनीका ठेकेदार तेजप्रसाद बरालले नाकाबन्दीले समयमा नै सामान उपलब्ध नहुँदा काम लम्बिएको बताए । उनका अनुसार कालीगण्डकीको पानी खोलामा पसेकाले दशैं अगाडिसम्म काम रोकिने छ । आगामी पुस माघसम्ममा काम सम्पन्न गर्ने लक्ष्य रहेको बरालले बताए । 

पुलकै कारण बर्खायाम सुरु भएदेखि दशैं अगाडिसम्म यातायातका साधन अवरुद्ध हुँदा निकै कष्ठकर यात्रा गर्नुपरेको स्थानीय रामप्रसाद श्रेष्ठले बताए । 

सवारीसाधन नचल्दा पूर्वी पाल्पाका रामपुर नगरपालिका, बाकामलाङ, सहलकोट, नवलपरासीको रकुवा, रुचाङ, डेढगाउँ, स्याङ्जाको चापाकोट, साँखर, सेखाम र तनहुँको गजरकोट, घिरिङ सुन्धाराका स्थानीयलाई यात्रा गर्न समस्या परेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य