१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

इलाममा विगतमा झै विकेनन् खसी–राँगा

२ कार्तिक २०७७, आईतवार ०९:०७

किरण पौड्याल । कार्त्तिक २, इलाम । विगतका वर्षमा दशैँको एक महिना अगाबै खसी, कुखुरा, राँगाको किनबेच हुन्थ्यो । दशैँका बेला  ब्यापारीहरूको तारान्तार फोन आउनाका साथै उनीहरू  गाउँगाउँमै खसी, बोका, कुखुरा किन्न पुग्थे र  अग्रिम भु्क्तानी छाडेर बजार फर्किन्थे र दशैँ लागेपछि लिन जान्थे ।  बजारमा मासु किन्नेको भीड हुन्थ्यो तर यसवर्ष भने यतिबेलासम्म पनि न व्यावसायीले खसी/राँगा किनेका छन्, न त  मास्ुका लागि ‘अर्डर’ आएको छ । दशैँ लागिसक्दा पनि खसी÷राँगा किनबेच शून्यजस्तै भएको छ ।

बन्दाबन्दी(चैत–असार)मा  सुस्ताएका मासु पसल बन्दाबन्दी हटेपछि चलमलाए पनि गत महिनादेखि फेरी सुस्ताएकामा  दशैँ लागिसक्दा चलमलाउन सकेका छैनन् 

बाहिरी जिल्लामा खसी/बोकाको बिक्री बढेकाले पनि  जिल्लामा व्यापार सुस्ताएको सदरमुकामस्थित माल्दाइ मासु पसलका सञ्चालक टेकबहादुर श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार गाउँगाउँबाट खसी/बोका किनेर काठमाडौँ, विराटनगर(मोरङ), बिर्तामोड(झापा) लगिएकाले जिल्लामा  खसी व्यापार सुस्ताएको हो ।

“किलोका हिसावले खसी बोका किनेर अन्यत्र  लगेपछि व्यापार छैन”, श्रेष्ठ भन्नुहुन्छ,“गएका वर्षको जस्तो दशैँका लागि स्टक राख्ने खसी बोका नै यो वर्ष छैन । कोरोनाले परिवार एकै ठाउँमा भेला हुन नसकेकाले यस वर्ष मासुको ‘अर्डर’ पनि नआएको हुनसक्छ । ” खसी, बोका र राँगाको कारोबारभन्दा अहिले कुखुराको कोरोबार भने केहीबढे पनि विगतका वर्षमा जस्तो कुखुराको मासुको माग  पनि नआएको जिल्ला कुखुरा व्यवसायी सङ्घका अध्यक्ष दिनेश महत बताउनुहुन्छ ।

कुखुराको मासु अधिकांशाले खाने भएपनि यसवर्ष अनुमान गरिएभन्दा निकै कमले किन्न आएको उहाँको भनाइ छ  । “केही हदसम्म त बढेको छ तर सदाजस्तो छैन ।” अध्यक्ष महत भन्नुहुन्छ, “लोकल र ब्रोइलर दुबै कुखुराको  किनबेच सुस्ताएको छ । अहिले किनेको कुखुरा पनि तिहारपछिका लागि हो ।” उहाँका अनुसार जाडो यामका लागि यतिबेलै कुखुराको चल्ला किनबेच हुन्छ  तर जाडो यामका लागि कुखुरा किनेपनि अहिलेका लागि भने खासै कुखुराको किनबेच भएको छैन । अरुबेलाको तुलनामा दशैँमा मासुको कोरोबार झण्डै तेब्बर हुन्थ्यो  ।

मासुजन्य पशु–पन्छी बिक्री हुने  मुख्य याममै कोरोनाको  महामारीले सताएकाले तिनको  कोरोबार नबढेको इलाम नगरपालिका पशु हाट कर सङ्कलक एवं सचिदानन्द सेवा केन्द्रका सञ्चालक रमेश श्रेष्ठ बताउनुहुन्छ ।  “धेरै खसी÷बोका त जिल्ला बाहिर लगेर पनि जिल्लामा कम कारोबार भएको हो” उहाँ भन्नुहुन्छ,“अहिले कोरोनाले परिवार नै तित्तरबित्तर भएर भेला नभएकाले र कतिपयको क्रयशक्ति पनि घटेकाले पनि मासुको  कारोबार नभएको हो । ”जिल्लामा अहिले खसीको मासु प्रतिकिलो रू आठ सयमा र  र  ब्रोइलर कुखुराको मासु प्रतिकिलो रू ३८० देखि चारसयमा किनेबेच भइरहेको छ ।

ब्रोइलरमा बिचौलीयाको मनोमानी 

ब्रोइलर कुखुराको मासु किनबेचमा बिचौलीयाले बढी नाफा लिएको पाइन्छ । अहिले उत्पादकबाट सङ्कलकले प्रतिकिलो ब्रोइलर कुखुरा रू २३० मा किनेर रू २४५ मा फ्रेस हाउसमा बेच्ने गरेका छन् भने फ्रेस हाउसले ब्रोइलरको मासु रू ३८० देखि रू ४०० सम्म लिने गरेका छन् ।

कुखुरा किनेको मूल्यको दोब्बर नाफा लिएर फ्रेस हाउसले मासु बिक्री गरेको देखिन्छ । ठूलो रकम नाफा लिएर बेच्दा पनि फ्रेस हाउस सञ्चालकले मासु बनाउन झन्झट हुने भएकाले बढी रकम लिनु परेको बताउने गरेका छन् ।“ हामीले मासु काट्न धेरै खर्च गर्नुपर्छ ।त्यसैले धेरै रकम लिएको देखिएको हो ।”

जिल्ला कुखुरा व्यवसायी सङ्घका अध्यक्ष दिनेश महत भन्नुहुन्छ, “हामीले प्वाखसहितको कुखुरा किनेर मासु मात्र बेच्नुपर्छ । त्यसैले मासुसमेत घट्नाका साथै काट्नका लागि ग्यास र श्रम लाग्नाले धेरै रकम लिइएको हो ।” रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै आजदेखि सकियो दसैँ बिदा, सरकारी कार्यालय खुल्दै सुदूरपश्चिम रोयल्समा अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हज नियुक्त