२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

गाउँपालिकामा चिकित्सक राखेर स्वास्थ्य सेवा

३ कार्तिक २०७७, सोमबार ०४:५४

कार्त्तिक ३, डोटी । जिल्लाका नौ वटा स्थानीय तह मध्ये पूर्वीचौकी गाउँपालिकाले स्वास्थ्य चौकीमै एमबीबीएस गरेका चिकित्सको व्यवस्था गरी नागरिकलाई स्वास्थ्य सेवा दिन शुरु गरेको छ । गाउँपालिकाको केन्द्र रहेको वडा नं. ४ स्थित सानागाउँ स्वास्थ्यचौकीमा  गाउँपालिकाले आफ्नै लगानीमा चिकित्सक डा अंकित रेग्मीलाई नियुक्त गरेको हो । स्थानीय तहमा चिकित्सक राख्ने पूर्वीचौकी गाउँपालिका दास्रो स्थानीय तह भएको स्थानीयवासी चक्रबहादुर कठायतले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले बिरामीको सङ्ख्या अधिक हुने र सामान्य उपचारका लागि पनि घण्टौँ टाढा सिलगढी तथा जिल्ला बाहिर बिरामीले जाँच गर्न जानुपर्ने बाध्यता भएका कारण बिरामीको सहजताका लागि मासिक रु एक लाख तलवमा चिकित्सकको व्यवस्था गरिएकोे बताउनुभयो । 

गाउँपालिका स्वास्थ्य संयोजक राजु खड्काले नयाँ सेवा दिन थालेपछि अहिले सानागाउँ स्वास्थ्यचौकीमा उपचारका लागि आउने स्थानीयवासीको निकै भीड लाग्न थालेको बताउनुभयो ।

स्वास्थ्यचौकीमा विभिन्न पदमा कार्यरत आठ कर्मचारी छन् । बिरामीको उपचारका लागि हाल हस्पिटल बेडको व्यवस्था नभएकाले भर्ना गरी उपचार गर्न कठिनाइ रहेकोमा चाँडै १० शैय्याको भवन निर्माण कार्य शुरु गर्ने गरी नेपाल सरकारबाट रु ८५ लाख रकम विनियोजन भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे