2026-09-12 03:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

प्रदेश राजधानीमा जग्गा कारोवार बन्द गर्न आग्रह

कार्त्तिक ४, देउखुरी । राप्ती गाउँपालिकाले लुम्बिनी प्रदेशको राजधानी क्षेत्र देउखुरीमा भइरहेको वा हुन सक्ने गैरकानूनी जग्गा कारोबार बन्द गर्न आग्रह गरेको छ । गाउँपालिकाले सोमबार सूचना प्रकाशन गर्दै  बन्द नभए कठोर कदम चाल्ने चेतावनी दिएको छ ।

प्रदेशसभाबाट गत असोज २० गते राप्ती उपत्यका( देउखुरी) लाई स्थायी राजधानी बनाउने प्रस्ताव पारित भएको थियो । गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा भएका क्षेत्रमा राप्ती गाउँपालिकाको क्षेत्रसमेत पर्ने भएकाले सो क्षेत्रभित्र जग्गाको किनबेच हाल रोक्का गरिएको जानकारी दिनुभयो ।  कुनै पनि व्यक्तिलाई जग्गा गैरकानूनी किनबेच नगर्न तथा नगराउन अनुरोध गर्नुभएको छ ।  गाउँपालिकाले आफ्नो भूउपयोग नीति तयार गरेकाले सबै क्षेत्रमा घर घडेरीका रुपमा जग्गा विकास गर्न नमिल्ने पनि जानकारी गराएको छ । प्रदेश सरकारबाट राजधानीको पूर्वाधार तयार पार्ने सम्बन्धमा जग्गाको लगत सङ्कलन गर्ने कार्य भइरहेको छ । लगतका आधारमा गुरुयोजना तयार गरिसकेपछि मात्र जग्गा किनबेच  तथा अन्य कार्य  हुने सम्भावना भएकाले हाल जग्गाको कुनै पनि कारोवार गर्न निषेध गरिएको छ । 

प्रदेश तथा स्थानीय सरकारले जग्गा रोक्का राखेका अवस्थामा गैरकानूनी कागजात/तमसुक गरी गरिएका खरीदबिक्री मान्य नहुने र कागजात पनि जफत हुने  अध्यक्ष सुवेदीले बताउनुभयो । 

मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा ३६ मा रु ५० हजारभन्दा बढी रकमको घरसारमा तयार भएको लिखत सम्बन्धित पक्षका उपस्थितिमा वडा समितिको कार्यालयबाट प्रमाणित गराउनुपर्ने प्रावधानसमेत रहेकाले प्रमाणित नगराइएका उक्त काजगात आधिकारिक नहुने जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल