९ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

लमजुङ कालिका मन्दिरमा महाकालीको मूर्ति स्थापना

६ कार्तिक २०७७, बिहीबार ०३:००

कात्तिक ६, लम्जुङ | लमजुङको बेँसीशहर नगरपालिका–३ मा अवस्थित लमजुङ कालिका मन्दिरमा महाकालीको मूर्ति स्थापना गरिएको छ । 

यस मन्दिरमा श्रदालु तथा भक्तजनले पूजा गर्ने क्रममा देखिनेखालको मूर्ति नभएको गुनासो गरेसँगै मन्दिरमा देखिने खालको ठूलो मूर्ति स्थापना गरिएको हो ।

घटस्थापनाको दिनमा काठमाडौँबाट मूर्ति ल्याएर स्थापना गर्नुअघि गर्नुपर्ने विधिवत प्रक्रिया पूरा गरेपछि शुभसाइत हेरेर बुधबार बिहान ११ बजेको समयमा विधिवतरूपमा पूजा आराधना गर्दै मूर्ति स्थापना गरिएको छ । मूर्ति स्थापना गर्नुअघि मूर्तिलाई शक्ति दिनका लागि विभिन्न प्रक्रिया पूरा गरेर स्थापना गरिएको मन्दिरका मूल पुरोहित माधवप्रसाद बरालले बताउनुभयो । उहाँका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापा र लमजुङ समाज काठमाडौँको विशेष सहयोगमा मूर्ति ल्याइएको थियो । 

मूर्ति स्थापना कार्यक्रममा बेँसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले यस्ता ऐतिहासिक तथा धार्मिकस्थलको संरक्षण, प्रवद्र्धन र व्यवस्थित गर्ने कार्यमा नगरपालिकाबाट सक्दो सहयोग हुँदै आएको र थप सहयोगका लागि प्रदेश तथा सङ्घीय सरकारसँग पहल गर्ने बताउनुभयो ।

सशस्त्र प्रहरीका पूर्वएआइजी रोहितचन्द्र थापाले ऐतिहासिक तथा धार्मिक स्थलहरुलाई व्यवस्थित गर्दै लैजानुपर्ने बताउँदै यहाँको आवश्यकता अनुरुप योजना निर्माणका लागि सम्बन्धित निकायमा बजेट माग गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, बेँसीशहर नगरपालिका उपप्रमुख लक्ष्मी अधिकारी, जनप्रतिनिधि, स्थानीयवासीलगायतको उपस्थिति थियो । 

मूर्ति स्थापनापश्चात् जिल्लावासी भक्तजन खुशी भएका छन् । यहाँ भक्तजनलाई स्थापना गरिएको महाकाली मूर्तिले पूजाआज गर्नका लागि सहज हुने भएको छ । लमजुङ दरबार परिसरमा कालिका मन्दिर छ । विसं १५५० मा छिमेकी जिल्ला कास्कीकोटका राजा कुलमण्डलका छोरा यश्ह्योबर्मा शाहलाई राजा बनाएदेखि यस मन्दिरमा पूजाआजा हुँदै आएको मन्दिरका मूल पुरोहित बरालको भनाइ छ । उहाँले भन्नुभयो, “यसभन्दा अघि उनका माइला दाई विसं १५४० मा राजा बनाइए पनि यहाँ पूजा भएको इतिहासमा भेटिएको छैन ।” 

यश्ह्योब्रर्माको पालादेखि राजाको नाममा पूजाआजा हुँदै आएको भएपनि मुलुकमा गणतन्त्र स्थापनापछि राष्ट्रपति तथा जनताको नाममा पूजा हुँदै आएको पुजारीहरुको भनाइ छ । वर्षभरि नै पूजा हुने भए पनि विषेशगरी यस कालिका मन्दिरमा वर्षको दुईचोटी मुख्य पूजा हुने गर्दछ ।  वडादशैँको घटस्थापनादेखि दशमी अर्थात् दशैँमा १० दिन र चैतेदशैँको घटस्थापनादेखि अष्टमी अर्थात् आठ दिनसम्म पूजाआजा हुँदै आएको छ । 

यहाँ वर्षेनी दशैँमा भक्तजनको ठूलो भीड हुने गरे पनि यो वर्ष भने कोभिड–१९ का कारण घटस्थापनाबाट नित्यपूजा मात्र हुँदै आएको छ । त्यस्तै यस वर्ष सर्वसाधारणका लागि पूजाआजा बन्द गरिएको र सरकारी बलि मात्र हुने मन्दिरका मूल पुरोहित बरालले भन्नुभयो । उहाँका अनुसार यस वर्ष सरकारी पूजामात्र हुने र सरकारी बलि २६ बोका, छ राँगा, एक भेडा, एउटा सुँगुर दिने भएको छ ।

इतिहासमा उल्लेख भएअनुसार यस कालिका मन्दिरलाई शाहवंशीय राजाले आफ्ना कूलदेवताका रूपमा समेत पूजा गर्दै आएका थिए । यहाँ बाइसे सुसारे पुजारीहरु अर्थात् बाइस जातिका पुजारी यस मन्दिरमा रहेका छन् । यस कालिका तथा लमजुङ दरबार १६ रोपनी क्षेत्रफलमा फैलिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय एमालेद्वारा काठमाडौं महानगरको जरिवाना पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगर टोली एमालेले काठमाडौं महानगरको जरिवाना नतिर्ने दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण मुद्दा: सरकारको नाममा कारण देखाउ आदेश जारी एनपीएल खेल्न नेपाल आइपुगे काठमाडौं गुर्खाजका माइकल लेभिट हिरासतबाट दुर्गा प्रसाईँको पत्र, लेख्छन्- प्रमाण सत्य हो, कम्बोडिया लगानीबारे छानबिन गरियोस् गेस्ट हाउसमा दम्पत्तीको शव फेला, क्यानडाबाट दुई वर्षपछि शनिबार मात्रै फर्किएका थिए मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने मस्क रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दाको पेशी न्यायाधीशद्वय फुयाल र ढकालको संयुक्त इजलासमा आज तोलामै १७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला अनुसन्धानको म्याद सकिएकाले आज फेरि रविलाई कास्की अदालत उपस्थित गराइँदै नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै हेर्नुहोस आइतबारको विदेशी मुद्राको विनिमय दर ! देशको यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन