2026-11-01 10:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लुम्बिनी प्रदेशमा कोरोना सङ्क्रमितको निःशुल्क परीक्षण र उपचार हुने

कात्तिक ७, बुटवल | लुम्बिनी प्रदेश सरकारले कोरोना सङ्क्रमित बिरामीहरुको उपचार निःशुल्क गर्ने भएको छ । सरकारले प्रदेशमा कोरोना सङ्क्रमित भएर लक्षण देखिएका बिरामीहरुको उपचार कोभिड विशेष अस्पताल र अन्य सरकारी अस्पतालमा निःशुल्क गर्ने निर्णय गरेको हो । 

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलको अध्यक्षतामा बिहीबार बुटवलमा बसेको प्रदेश कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बैठकले लक्षणसहितका सङ्क्रमित बिरामीको उपचार गर्दा लाग्ने खर्चमध्ये सङ्क्रमित बिरामीले कोरोनाको बीमा गरेको भए सोबाट व्यहोर्ने र बीमा रकमभन्दा बढी खर्च भए पनि निःशुल्क गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहाकार शेरबहादुर केसीले जानकारी दिनुभयो । 

यस्तै, प्रदेश सरकारले लक्षण देखिएका कोरोना सङ्क्रमित शङ्कास्पद बिरामीहरुको निःशुल्क पिसिआर परीक्षणको व्यवस्था गर्ने र त्यस्ता बिरामीहरुलाई अनिवार्य परीक्षणको दायरामा ल्याउने समेत निर्णय गरेको छ । सङ्क्रमित बिरामीले आफ्नै खर्चमा आफ्नो सुरक्षाका लागि परीक्षण गर्न चाहेमा भने सःशुल्क परीक्षणको व्यवस्था गर्ने र परीक्षणको नतिजा प्रयोगशालाहरुले अनिवार्य रुपमा जिल्लास्थित कोरोना सङ्कट व्यवस्थापन केन्द्रलाई उपलब्ध गराउने व्यवस्था मिलाउन प्रदेश सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी तोकिएको छ । उक्त रिपोर्ट जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्रले व्यक्तिगत गोपनीयता रहने गरी सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराउने व्यवस्था मिलाइने भएको छ ।

यस्तै, पछिल्लो समयमा कोभिड सङ्क्रमणबाट मृत्यु भएका मृतकको शव व्यवस्थापनका लागि अन्योलता देखिएको अवस्थामा प्रदेश सरकारले शव व्यवस्थापनका लागि यसअघि भएका निर्णयअनुसार कार्यान्वयनका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले व्यवस्था मिलाउन जिम्मेवारी तोकिएको प्रेस सल्लाहाकार केसीले जानकारी दिनुभयो ।

बैठकले प्रदेशका सबै कोभिड विशेष अस्पतालमा उच्च अवस्थाको स्वास्थ्य सेवा युनिट क्षमता विस्तार गर्ने लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत बुटवल धागो कारखाना कोभिड विशेष अस्पतालमा प्रदेश कोरोना सङ्कट व्यवस्थापन केन्द्रको अघिल्लो निर्णयानुसार तत्काल सघन उपचार कक्ष (आइसियु) र उच्च अवस्थाको स्वास्थ्य युनिट (एचडियु) सेवा विस्तार गर्नेसमेत निर्णय गरेको छ । यस्तै प्रदेशका सम्पूर्ण जिल्ला अस्पतालहरुमा स्वास्थ्यका अन्य सेवा प्रभावित नहुनेगरी मौजुदा दरबन्दी र जनशक्तिबाट सञ्चालन गर्ने गरी पाँच श्ययासम्म क्षमताको उच्च अवस्थाको स्वास्थ्य युनिट (एचडियु) सेवा सञ्चालन गर्ने निर्णय भएको प्रेस सल्लाहाकार केसीले जानकारी दिनुभयो । 

यस्तै, जिल्लाभित्रका लक्षण भएका बिरामीहरुलाई जिल्लास्थित अस्पतालमा सञ्चालित उच्च अवस्थाको स्वास्थ्य युनिट (एचडियु) सेवामा नै आवश्यक उपचारको व्यवस्था मिलाउने तथा गम्भीर र जटिल अवस्थाको बाहेक सामान्य लक्षण सहितका सङ्क्रमितलाई रिफर नगर्ने गरी सेवा प्रदान गर्ने व्यवस्था मिलाउन सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी तोकिएको छ । 

यस्तै, कोरोनाको सम्भावित उच्च सङ्क्रमणबाट स्वास्थ्यकर्मीहरुलाई जोगाउन अस्पतालमा कार्यरत चिकित्सकलगायत स्वास्थ्यकर्मीहरुको निश्चित समयावधिभित्र लक्षण नभए पनि कोभिड जाँचको व्यवस्था मिलाइने भएको छ । बैठकले होम आइसोलेसनमा बस्ने सङ्क्रमितहरुलाई नियमित निगरानीमा राख्ने गरी स्थानीय तहहरुले स्वास्थ्यकर्मीसहित जनप्रतिनीधिको टोली बनाएर होम आइसोलेसनमा बस्नेको स्वास्थ्य अवस्था, प्रयोगशाला परीक्षण, स्वास्थ्य सुरक्षा मापदण्ड, आकस्मिक उद्धार लगायतको व्यवस्था र आवश्यक तथ्याङ्क नियमित रुपमा गर्न निर्देशन दिइएको छ । 

कोभिडको बढ्दो सङ्क्रमणलाई दृष्टिगत गरी मित्रराष्ट्र भारतसँग आवतजावत गर्न तोकिएको सीमा नाकामात्र व्यवस्थित रुपमा सञ्चालन गर्ने र तोकिएको नाकाबाट पनि चाडपर्व लगायतका कारण हुने छोटो अवधिको आवतजावतलाई बन्देज गर्ने गरी सम्बन्धित जिल्लास्थित प्रजिअले व्यवस्था मिलाउने जिम्मेवारीसमेत तोकिएको छ । बैठकले स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य प्रयोगसहित घरघरमा नै धार्मिक तथा सांस्कृतिक चाडपर्व मनाउन जनचेतनामूलक कार्यक्रम र खोई मास्क लगायतको अभियान सम्बन्धित स्थानीय तहले सञ्चालन गर्न भनिएको छ ।

कोभिड सङ्क्रमितको उपचार पद्धति प्लाज्मा थेरापीका लागि रगत सङ्कलन रक्तदान गर्ने व्यवस्था चारवटै कोभिड विशेष अस्पतालहरुमा विकास गर्ने, कोभिड सङ्क्रमित बिरामीको उपचारमा प्रयोग हुने रेम्डिसिभिर लगायतको औषधि निश्चित सङ्ख्यामा खरिद गरी सञ्चितको व्यवस्था र प्रयोग चारवटै कोभिड अस्पतालबाट गर्ने गरी सामाजिक विकास मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी तोकिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द